७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

शरीर जाेडीएका बच्चाकाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न

तस्बिर : एजेन्सी

काठमाडाैं - शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो। उनीहरुको कलेजो एउटैमा जोडीएको थियो। जोडीएको कलेजो सफलतापूर्वक छुट्याइएको चिकित्सकले बताएका छन्।

उनीहरुको शल्यक्रिया गर्न ६ घण्टा लागेको डा जोय क्रेमेरीले बताए। उनले बच्चाको परिवारलाई यो खबर सुनाउन पाउँदा आफुहरुलाई निकै खुसी लागेको बताए। शल्यक्रिया पश्चातको २४ देखी ४८ घण्टा चुनौतिपूर्ण हुने भन्दै उनले सकरात्मक परिणाम आउनेमा आफु आशावादी रहेको बताए। उनीहरुको शल्यक्रियामा मेलवर्नको रोयल चिल्ड्रेन अस्पतालका १८ विशेषज्ञ डाक्टरको टोली खटिएको थियो।

निमा र देवालाई उनीहरुकी आमाले चिल्ड्रेन फर्स्ट फाउन्डेसनको सहयोगमा गत महिना अष्ट्रेलिया ल्याएकी  थिइन्। फाउन्डेसनकै आर्थिक सहयोगमा उनीहरुको शल्यक्रिया गरिएको हो। विश्वमा यस्ता शल्यक्रिया थोरै मात्रै हुने गरेका चिकित्सकले बताएका छन।

 

प्रकाशित: २३ कार्तिक २०७५ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App