७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजनीतिक सहमतिका आधारमा पार्टी एकत : विजयकुमार गच्छदार

विराटनगर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

नेपाली कांग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको हो भने।

दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली कांग्रेस पार्टीलाई ठूलो फाइदा भएको शीर्षस्थ नेताहरुले चर्चा गरिरहेको समयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उपसभापति गच्छदारले विधानको व्याख्या आफ्नो अनुकूल गर्नु गलत हो भने।

उनले नेपाली कांग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिँदै कर्मचारीले सङ्घीयताको मर्म नबुझेकाले सङ्घीयता असफल हुने हो कि भनाइ निरर्थक भएको धारणा व्यक्त गरे।

उपसभापति गच्छदारले सङ्घीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसाबले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने बताए।

उनले सत्ता सञ्चालन राजीखुशीभन्दा पनि विधानअनुसार चल्नुपर्ने जिकिर गर्दै कसैको पनि अधिकार कुण्ठित हुन नदिनेतर्फ सरकार चनाखो हुनुपर्छ भने। रासस

प्रकाशित: २२ कार्तिक २०७५ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App