कांग्रेसभित्रको झगडाका कारण चुनावमा हार : सभापति देउवा

बिहिबार, २२ कार्तिक २०७५, १९ : ०९ नागरिक

257


भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन्। 

दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा आज नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, ‘नेपाली कांग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो।’ 

कांग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोर्नुरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए। 

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली कांग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए। 

सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै कांग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे। 

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...