कैलाली – गत फागुन २४ गते नारिदिवसकै दिन बोक्सि आरोपमा कुटिएकी घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीमाथी गाउँमै दुव्र्यवहार भएको छ। छिमेकी २३ वर्षीय कालिचरण चौधरीले राधालाई बुधबार बेलुका बोक्सि आरोप लगाउँदै गाली गलोज गरेका थिए।
राधाले इलाका प्रहरी कार्यालय सुख्खडमा आफुलाई गाली गलोज गरेको भन्दै कालिचरण विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। कालिचरण इलाका प्रहरी कार्यालय सुख्खडको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
दिवलीको बिदाका कारण अदालत नखुलेकाले उनलाई अहिले कुन खालको मुद्दा चलाइने सो बारे केही भन्न नसकिने इलाका प्रहरी कार्यालय सुख्खडले बताएको छ।
प्रकाशित: २२ कार्तिक २०७५ १०:२४ बिहीबार