सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

शनिबार, ०८ असोज २०७३, १५ : ५७ नागरिक

काठमाडौँ– काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ। दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए।

चक्रपथ क्षेत्रभित्र त्यस्ता क्यामरा राखिँदै आएकोमा अब चक्रपथ बाहिर पनि विस्तार गर्न थालिएको उनले बताए। करिब रु दुई करोडको लगानीमा ती क्षेत्रमा क्यामरा जडानकार्य भइरहेको छ।

जावलाखेल, सातदोबाटो, एकान्तकुना, बूढानिलकण्ठ र महाराजगन्जलगायत स्थानमा नयाँ क्यामेरा जडान गर्न लागिएको बताउँदै आयुक्त थापाले सिसिटिभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने तथा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत आफ्नो जिम्मेवारीप्रति सजग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरे।

कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

यस्ता रेकर्ड १५ दिनसम्म सुरक्षित राखिने भएकाले अनुसन्धान गर्न उपयोगी सिद्धभएको बताउँदै आयुक्त थापाले आवश्यकता अनुसार त्यस्तो फुटेज लामो समयसम्म समेत राख्न सकिने बताए।

नघुम्नेस्थिर क्यामरा र घुम्नसक्ने ‘पिटिजेड’ क्यामरा गरी दुई किसिमका सिसिटिभी क्यामरा जडान गरिएको छ । पुराना क्यामराको क्षमता केही कम भए पनि नयाँ जडान गरिएका क्यामरा अत्याधिक क्षमतायुक्त छन्।

आयुक्त थापाले भने, “कुनै व्यक्तिले कागजमा के लेखिरहेको छ भन्ने समेत ‘जुम’ गरेर हेर्न सकिन्छ।”

कुनै शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता र फुटपाथको अतिक्रमण हटाउनसम्मका काममा क्यामेरा सहयोगी बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद चन्दले बताए।

प्रहरीले सिसिटिभी क्यामरा राखेपनि ति स्थानमा क्यामरा राखिएको जानकारी सार्वजनिक रुपमा दिनुपर्नेमा त्यसो नगरेको कारण विवादको घेरामा समेत परेको छ।

प्रवक्ता चन्दले भने, “क्यामेरा राखेका ठाउँमा तपाईँ सिसिटिभी निगरानीमा हुनुहुन्छ भन्ने जानकारी सहितको बोर्ड लेखेर राखेका छौँं तर कतियप ठाउँमा स्थान अभावका कारण जानकारी दिन नसकेको सत्य हो ।”

प्रहरीले सवारी साधनबाट अनावश्यक रकम असुल्ने आरोप लागेका स्थान नागढुङ्गा, थानकोटमा समेत अत्याधुनिक क्षमतायुक्त क्यामरा राखिएको छ। आयुक्त कार्यालयको भूई तल्लाको एक कोठमा उपत्यकाभरिको गतिविधि सिसिटीभी मार्फत निगरानी गरी राखिएको छ । त्यहाँ आधा दर्जन भन्दा बढी प्रहरीले २४ सै घण्टा निगरानी गरिराखेका हुन्छन्।

आयुक्त थापाकै कार्यकक्षमा समेत ६ स्थानको सिसिटिभी राखिएको छ । जसमार्फत उनले ती स्थानको निगरानी गरिराखेका छन्। थापाले भने, “अपराध नियन्त्रण गर्न, घटना घटेपछि तुरुन्त प्रहरी परिचालन गर्न यसले सजिलो भएको छ।”

त्यसबाहेक सार्वजनिक समारोह, पर्व, प्रदशर्नमा समेत स्थान विशेषमा सो दिनका लागि छुट्टै सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गर्ने गरेको छ। क्यामराबाट ती स्थानमा खटिएका प्रहरीको समेत निगरानी गरिएको हुन्छ।

प्रहरीबाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, व्यक्तिको निजी घर, निजी कार्यालय, कारखाना र टोल÷टोलमा समेत व्यक्ति वा सामूहिक लगानीमा सिसिटिभी राखिएका छन्।

विद्युतभार कटौतीले समस्या

विद्युतभार कटौतीले रात्रीको समयमा सिसिटिभी क्यामेरावाट काम गर्न समस्या परेको आयुक्त थापाले बताए। विद्युत् नहुँदा रेकर्डिङ गर्न समस्या पर्ने र अन्धकारमा खिचेको दृश्य केही नदेखिने जस्ता चुनौतीको सामना गर्नु परिरहेको दावी उनको छ।

दरबारमार्ग, बानेश्वर लगायत स्थानमा सोलार जडान गरिएका कारण सिसिटिभी सञ्चालनमा समस्या नपरे पनि अन्य स्थानमा ठूलो समस्या रहेको आयुक्त थापाको भनाई छ। किरण भट्टराईर/रासस







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad