coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरो पीडितलाई दुई महिनाको तलब

बेत्रावती – नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त ९० हजार उपलब्ध गराएका छन्।  पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेशसभा सदस्य मैनालीले उनीहरुको अस्थायी निवासमा नै पुगेर सो रकम वापतको चेक प्रदान गरे। 

उनले दुई महिनाको तलबबाट प्राप्त भएको रकम शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५÷४५ हजार दिए।  

गत साउन ३ गते बिहीबार राति आएको पहिरोमा परी उनीहरुको घर पूर्णरुपमा भत्केको थियो। पहिरोबाट गम्भीर घाइते भएका नवराज श्रेष्ठ, उनकी श्रीमती निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महीना अस्पतालमा उपचार गरेपछि हाल घरमा आराम गर्दै छन्। 

नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को ‘प्रदेश ख’बाट निर्वाचित मैनालीले चुनावी घोषणासभामा आफू विजयी भएमा सांसद पदबाट प्राप्त हुने सुविधा समाजसेवामा खर्चने भनी जनाएको प्रतिवद्धताअनुसार उक्त सहयोग गरेको बताए। रासस

प्रकाशित: २२ कार्तिक २०७५ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App