८ वैशाख २०८१ शनिबार
समाज

२१ जुवाडे पक्राउ

रुपन्देही – बुटवल प्रहरीले रुपन्देहीका विभिन्न ठाउँमा जुवा तास खेल्दै गरेका २१ जनालाई पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा–९ तीन नम्बरमा पासा खेलिरहेका १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जुवाखालबाट ४ लाख २६ हजार २ सय रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्ले बताए। 

यसैगरी रुपन्देहीकै देवदह–३ सुर्यपुराबाट ५ जना जुवाडे ७२ हजार ७ सय ३० रुपैयाँ सहित र देवदहकै भवानीपुरबाट ६ जना जुवाडे ३ हजार ८ सय २५ रुपैयाँ सहित पक्राउ परेका छन्। बुधबार राति १२ बजे तिलोत्तमा–९ का ४८ वर्षिय केशब न्यौपानेको घरमा पासा खेलीरहेको अबस्थामा सोही स्थानका ४२ वर्षिय अमृत बस्याल, ३५ वर्षका तिलक भुसाल,४० वर्षका चक्र पाठक,४५ वर्षीय कमल पाठक, ४१ वर्षिय हरी पौडेल, १८ वर्षका नितेष न्यौपाने,५५ वर्षिय तुल्सीराम कडेल,३८ वर्षिय मुकेश पाण्डे र ७६ वर्षिय शिबलाल कडेल रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनीहरुको साथबाट ३ वटा पासा र ४ लाख २६ हजार २ सय बरामद भएको छ।

यसैगरी प्रहरी चौकी खैरेनीले रुपन्देही देबदह–३ का लोकराज भारतीको घरमा जुवा खेलीरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जना पक्राउ परेका हुन्। पक्राउ परेका ब्यक्तिहरु इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा छन्। पक्राउ परेका मध्ये १५ जनालाई मात्रै मुद्दा चलाउने र अरुलाई सामान्य कारवाही गरेर छाड्ने डीएसपी मल्ले बताए। उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जुवातास नियन्त्रणका लागि जिल्लामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले बताए। रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न भनेकाले प्रहरीले त्यहि अनुसार काम गर्ने बताए।

प्रकाशित: २२ कार्तिक २०७५ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App