coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ : झा

फाइल तस्बिर

रौतहट - राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्। दीपावली, नेपाल संवत् तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपा नेता झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकोले मधेस आन्दोलनका मागहरु सम्बोधन गराउन आन्दोलन गर्नुपर्ने हुँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्।

राजपाले सरकारलाई सर्त सहित समर्थन दिएको तर सरकारले कुनै वास्ता नगरेकोले समर्थन फिर्ता लिएर अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए। छठभन्दा पहिले नै वा छठ लगत्तै राजपा अध्यक्ष मन्डलको बैठक बसी नेकपाको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता झाले स्पष्ट पारे। राजपा नेपालकाे महाधिवेशन बैशाखमा गर्नै पर्ने भएकोले एकातिर मधेस आन्दोलनको रक्षा गर्नुपर्ने र अर्कोतिर पार्टी महाधिवेशनको तयारी गर्नुपर्ने दोहोरो दायित्वबाट गुज्रनु परेको नेता झाले बताए।

 

प्रकाशित: २२ कार्तिक २०७५ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App