coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलार्इ बर्खास्त गरे

तस्बिर : एजेन्सी

काठमाडाैं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई बर्खास्त गरेको जानकारी दिएका हुन्।

ट्रम्पले सो पदमा म्याथ्यु ह्वीटेकरलाई नियुक्त गरेका छन्। ट्विट मार्फत राष्ट्रपति ट्रम्पले सेसन्सले पुर्याएको सेवाका लागि धन्यवाद व्यक्त गर्दै उनको सफलताको कामना समेत गरेका छन्। बर्खास्त भएका जेफरसनले आफुले ट्रम्पको आग्रहमा राजिनामा दिएको उल्लेख गरेका छन्। ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले भनेका छन् 'सबैभन्दा महत्त्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनर्स्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ।'

अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियामा कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक पटक आलोचना गर्दै आएका थिए। 

 

प्रकाशित: २२ कार्तिक २०७५ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App