७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधनमा एमाले सहयोग आवश्यकः श्रेष्ठ

काठमाडौं–नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि प्रमुख राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्। उनले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

शनिबार रिपोर्टस क्बलले आयोजना गरेको साक्षात्कारमा नेता श्रेष्ठले भने,‘हिजो काँग्रेस–एमाले सरकारमा रहँदा माओवादी प्रतिपक्षमा थियो, त्यहीपनि संविधान जारी गर्दा उसले सहयोग गर्यो, अब एमालेले पनि संशोधनमा सहयोग गर्नुपर्छ।’ उनले राष्ट्र र जनताको हितको लागि प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिनुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले ९० प्रतिशतको हस्ताक्षरसहित संविधान जारी भएपनि सिँगो मधेसले यसको विरोध जनाएकोले उसको मागपनि सम्बोधन गर्नुपर्ने जिम्मेवारीबाट कोही पछि हट्न नहुने धारणा राखे।

संविधान कार्यान्वयनका लागि आगामी १६ महिनाभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने भएकाले त्यतातिर दलहरु गम्भिर बन्नुपर्ने नेता श्रेष्ठको भनाइ थियो। संविधान संशोधनकालागि दुई तिहाई मत आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्षी एमाले र राप्रपा नेपाललाई पनि विश्वासमा लिने गरी प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुसँग विचारविमर्श गरिरहेको श्रेष्ठले जनाए।

स्थानीय निकाय पूर्नसंरचनासम्बन्धी बनेको आयोगले अघि सारेको स्थानीय तहको संख्या ५६५ मा धेरै दलहरुको चित्त नबुझेको भन्दै संख्या बढाउनुपर्नेमा आफ्नो दलले स्पष्ट कुरा राखेको नेता श्रेष्ठले बताए । उनले अघि थपे, ‘९०० को हाराहारीमा हुनुपर्छ भनेर हाम्रो पार्टीले पनि भनिसकेको छ।’ उनले चैत्र मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले सोही अनुसार अहिले काम भैरहेको समेत जानकारी दिए।

 

प्रकाशित: ८ आश्विन २०७३ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App