८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल संवतका अवसरमा राष्ट्रपति लगायत शिर्षस्थ नेताकाे शुभकामना सन्देश

काठमाडाैं - नेपाल संवत् ११३९ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शिर्षस्थ नेताहरुले शुभकामना सन्देश दिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल संवतका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमंग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन्। नेपाल संवत सांस्कृतिक, सामाजिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको बताउँदै भण्डारीले नयाँ संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, सामाजिक एकता, भाइचारा साथै आपसी सद्भाव ल्याउनेमा विश्वास व्यक्त गरेकी छन्।

यस्तै नेपाल संवतकै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले समेत शुभकामना व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनले नयाँ संवतले सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।  बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका उपराष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी अाेलीले राष्ट्रिय विभूति शंखधर साख्वाकाे स्मरण गर्दै नेपाल संवतकाे सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन्। संवतलार्इ पराेपकारी भावनाकाे स्मरण गराउने दिनकाे रुपमा व्याख्या गर्दै प्रधानमन्त्री अाेलीले संवत सुरुवातकाे घटना हामी सबैका लागि प्रेरणादायी रहेकाे बताएका छन्।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत नेपाल संवतका अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा भनेका छन् 'हाम्रो मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभ कामना। जय नेपाल।'

यस्तै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्राइले नेपाल संवतको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै यो संवत नेवार समुदायको संवत मात्रै नभएर सम्पूर्ण नेपालीको साझा संवत भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् 'नेपालको मौलिक सम्बत् नेपाल सम्बत् ११३९ नवबर्षको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना१नेपाल सम्बत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वास्प्रति श्रद्धासुमन१ गर्व गरौं नेपाल सम्बत् नेवारहरूको मात्र सम्बत् नभएर सम्पूर्ण नेपाल र नेपालीको साझा राष्ट्रिय सम्बत् हो।'

प्रधानमन्त्रीको सन्देश

न्हूदया भिन्तुना ११३९! pic.twitter.com/akgx0jsafn

— KP Sharma Oli (@PM_Nepal) November 8, 2018

 

 

 

प्रकाशित: २२ कार्तिक २०७५ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App