जुम्लामा सयपत्री फुल लोप हुँदै

बुधबार, २१ कार्तिक २०७५, १५ : ४७ डिबी बुढा

जुम्ला - जुम्लामा पछिल्लो समयमा सयपत्री फुल लोप हुँदै गइरहेको छ। आयतित प्लाष्टिकको माला प्रचलनमा आएपछि यहाँको सयपत्री फुल लोप हुन थालेको हो। दशक अघि सम्म यहाँका घरबारीमा सयपत्रीको फुल देखिन्थ्यो, तिहारमा दाजुभाईलाई आफ्नै बारीको सयपत्री फुलको मालाले सजाइन्थ्यो, तर पछिल्लो समयमा सयपत्री फुल संरक्षणमा कसैको चासो गएको देखिदैन्।

चन्दननाथ नगरपालिकाकी पुजा भण्डारी अहिले प्लाष्टिकको आयतित मालामा निर्भर छिन्। उनको बारीमा यो पटक सयपत्री उम्रेन। 'पहिले गाउँमा भाईटिकामा लगाउने भनेर करेशाबारीमा फुल लगाईन्थ्यो', उनले भनिन्,'अहिले बजारमा आउने प्लाष्टिकको मालाले यहाँको सयपत्री फुल तर्फ कसैको ध्यान जादैन्।' उनका अनुसार सयपत्री फुलको व्यवसायिक खेति गर्न सकेमा यहाँको बजार धान्न सकिने स्थिती छ। प्लाष्टिकको माला कहिल्यै नओईलाउने र सदाबहार रहिरहने भएकोले यहाँको सयपत्री फुल विस्थापित हुन थालेको किसान बताउँछन्।

दसैं लगत्तै यहाँका पसल तथा दोकानमा प्लाष्टिकको माला राख्न शुरु भइसकेको थियो। अहिले जुम्लाकाे खलंगा प्लाष्टिकको मालाले रंगिएको छ। प्रत्येक वर्षको तिहारमा झण्डै ८ लाख बराबरको प्लाष्टिकको माला खपत हुँदै आएको व्यापारी बताउँछन्।

कर्णाली राजमार्ग सञ्चालन भईसकेपछि गाउँगाउँमा प्लाष्टिकका आयतित माला पुग्ने भएकोले फुल उत्पादनमा किसान लाग्न छाडेका हुन्। 'सवारी पुग्नु पहिले प्राकृतिक रुपमा आफ्नै खेतवारीमा उमार्ने फुलमा निर्भर थियौ',स्थानीय रिता बुढाले भनिन्, 'अहिले कृतिम फुलको भरमा छौँ, स्थानीय फुलमा कसैको आकर्षण छैन्, नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृतिम फुलमाला बेच्छौँ, पछिल्लो समयमा किसानले सयपत्री छर्नै छाडेका छन।' यो पटक प्रयोग भइरहेको माला अर्को पटक पनि प्रयोग गर्न मिल्ने भएकाले प्लाष्टिकको माला रोजाईमा पर्न थालेको हो।  प्लाष्टिक मालाकाे मूल्य प्रतिमाला १० देखि १९० सम्म पर्छ।

जुम्लामा टनेल भित्र सयपत्री फुलको खेति गर्न सकिने भएपनि सरोकारवालाले कुनै चासो दिएका छैनन्। जिल्ला कृषि विकास कार्यालय र जिल्ला वनस्पति कार्यालयले कहिल्यै पनि किसानलार्इ फुल खेतिको महत्वका बारेमा बुझाउन नसकेको स्थानीयले अाराेप समेत लगाएका छन्। सयपत्री फुलको प्रर्वद्धनमा सचेत रहन स्थानीय सरकारलाई किसानले आग्रह गरेका छन्। जिल्लाकाे एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा सयपत्री उत्पादन गर्न सकिन्छ। 

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad