६ वैशाख २०८१ बिहीबार
राजनीति

समृद्धि कसरी आउँछ भन्ने कुरा कांग्रेसलाई मात्रै थाहा छ : डा. महत

फाइल तस्बिर

काठमाडौ - नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले समृद्धि कसरी आउँछ भन्ने कुरा अाफुहरुलार्इ थाहा भएकाे बताएका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाउँदै उनले कांग्रेसले काम गरेर जनताको मन जित्ने बताए। उनले भने ‘कांग्रेसले काम गरेर जनताको मन जित्छ, समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढि गफ गरिरहेको आरोप लगाए। उनले भने,‘गफ गरेर समृद्धि आउँछ? समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ। हामी गफ होइन, काम गर्छौं।’

वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले वर्तमान सरकार असफल भएकाे बताए। उनले भने,‘ओली सरकारले दुई तिहाईको महत्व बुझ्न सकेन, सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन्।’ उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए।

 

प्रकाशित: २१ कार्तिक २०७५ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App