८ वैशाख २०८१ शनिबार
समाज

वरिष्ठ अधिवक्ता श्रेष्ठको निधन

काठमाडौं - वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका श्रेष्ठको बुधबार बिहान ५ः३५ बजे निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए।

तनहुँ बन्दीपुरमा जन्मेका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गरेका थिए। सर्वाेच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको समेत अध्यक्ष रहेका थिए।

कानून सम्बन्धी धेरै कृति र लेख प्रकाशन गरेका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिएका बिपी कोइराला लगायत नेताको पक्षमा कानूनी बहस पैरवी गरेका थिए। नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्यादित कानून व्यवसायीका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले बताए।

स्व श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनको पार्थिव शरीर विहिबार श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने छ भने साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। रासस

प्रकाशित: २१ कार्तिक २०७५ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App