हरेक स्थानीय तहमा पार्क

बुधबार, २१ कार्तिक २०७५, १२ : ५४ विशन क्षेत्री

24


पोखरा- स्थानीय तहसँग सहलगानीको आधारमा गण्डकी प्रदेश सरकारले पार्क बनाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बालबालिकाको शारीरिक र मानसिक विकासको लागि स्थानीय सरकार तथा संघसंस्थाको लगानीमा मनोरञ्जन स्थल तथा अन्य पार्क निर्माण गर्न लागेको हो । पार्क निर्माणको निर्देशिका पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

निर्देशिकामा भनिएको छ, ‘आजका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य भएको सन्दर्भमा सो पार्कभित्र मनोरञ्जनका साधन राखी बालबालिकाहरूलाई मनोरञ्जन दिलाउने रहेको छ ।’

मनोरञ्जनका अलावा गाउँ, नगर, टोल, बस्तीका प्रत्येक व्यक्तिले पनि सोही स्थलमा आई प्राकृतिक सौन्दर्यको लाभ लिन सकियोस् भन्ने हेतुले कार्यक्रम कार्यान्वयन गरिने निर्देशिकामा उल्लेख छ ।

यो योजना मन्त्रालयको चालु आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रमसमेत हो । यसलाई यही आवमा सक्ने लक्ष्य लिइएको छ । गण्डकी प्रदेशभर लागु हुने यो निर्देशिका अघिल्लो बिहीबारदेखि कार्यान्वयनमा आएको हो ।

मन्त्रालयको वार्षिक कार्यक्रमानुसार पार्कको लागि मन्त्रालयले हरेक स्थानीय तहलाई ३ लाख रुपैयाँ अनुदान छुट्याएको छ । प्रदेशका ८५ वटा स्थानीय तहमा पार्कको लागि मात्रै २ करोड ५५ लाख रुपैयाँ खर्च हुनेछ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार अपुग रकम भने स्थानीय तह आफैले बेहोर्नुपर्नेछ । कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार नै स्थानीय तहले सम्बन्धित डिभिजन वा सबडिभिजन कार्यालयबाट रकम भुक्तानी लिन सक्नेछन् ।

यो कार्यक्रम मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७५÷०७६ मा नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय तहले कम्तीमा २ रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवस्था निर्देशिकामा राखिएको छ । पार्कको जग्गा स्थानीय तहले व्यवस्थापन गर्नेछन्, भने सम्बन्धित स्थानीय तहका व्यक्ति वा संघसंस्थाले पनि जग्गा दिन सक्ने मन्त्री बस्नेतको भनाइ छ । यो बाहेक पार्कको ड्रइङ डिजाइन, इस्टिमेट र स्पेसिफकेसन सहितको डिपिआर पनि स्थानीय तहले गर्नुपर्ने हुन्छ । निर्माणकार्य, सुपरभिजन र मूल्यांकन स्थानीय तहले गर्नेछ भने अनुगमन तथा मूल्यांकन मन्त्रालय वा डिभिजनबाट हुने जनाइएको छ ।

प्रदेश सरकारले अनुदान दिएतापनि पार्कको स्वामित्व भने स्थानीय तहको हुनेछ । यस्तै, रेखदेख, सम्भार, सञ्चालन र बहुउद्देश्यीय उपयोग सम्बन्धी सम्पूर्ण दायित्व पनि स्थानीय सरकारको रहने जनाइएको छ ।

तमु ह्युल चोकको क्षेत्रफल घटाइयो

सिद्धार्थ राजमार्गको पोखरा खण्डमा पर्ने विरौटा चोक फराकिलो बनाइएको छ । महानगरले चोकको मध्यभागमा रहेको १३ फिट क्षेत्रफलमा रहेको तमु ह्युल चोकको परिसर घटाएर सडकको दायरा बढाएको हो।

साढे २ वर्षअघि त्यहाँ गुरुङ युगल जोडीको शालिक राखेर तमु ह्युल चोक नामकरण गरिएको थियो। उक्त शालिक परिसरको क्षेत्रफलले सवारी आवागमनमा अवरोध गरेपछि सोमबार पोखरा महानगरपालिकाले सम्बद्ध वडा नं. १७ तथा शालिक राख्ने तमु धि समाजसँगको सहकार्यमा सडकको दायरा बढाएको हो।

तमु धि समाजका महासचिव गिरीप्रसाद गुरुङले जातीय विविधता, सांस्कृतिक पहिचान झल्काउन भेषभुषासहितको शालिक राखिएको बताए।

‘विविधतामा एकता झल्काउन हामीले हाम्रो सभ्यताको पहिचानस्वरूप शालिक राखेका हौँ’ उनले भने, ‘शालिकलाई यथास्थानमा नै रहने गरी सवारी आवागमनमा सहजता तुल्याउन सहकार्यमा नै आइल्यान्डका परिसर खुम्चाइएको हो।’

आइल्यान्डको परिसर घटाएपछि सवारी आवागमनमा सहजता हुने जनाइएको छ। उक्त मार्ग हुँदै स्याङ्जा, पाल्पा, बुटवलसहित पश्चिम क्षेत्रमा जाने लामो दूरीका सवारीहरू गुड्ने गरेका छन्।

 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...