कपाल खौरने प्रतिस्पर्धा

बुधबार, २१ कार्तिक २०७५, ११ : ४१ नागरिक

102


कठमाडौं – माघ २५ लाई आफ्नो प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रेमलीला’ले आफ्नो प्रोमोसन सुरु गरेको छ। फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजना गर्ने भएको छ।

फिल्मकी नायिका तथा निर्माता दीपशिखा खड्काले बाहिरीभन्दा पनि भित्री सौन्दर्यलाई प्रोत्साहित गर्ने उद्देश्यले ब्युटी कन्टेस्टको आयोजना गरेको बताइन् । ‘सुन्दरता आँखाको भ्रम हो। मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । मैले पनि कपाल काट्दा मानिसले  हेर्ने फरक नजरको महसुस गरेकी छु’, फिल्ममा तक्लु बनेकी खड्काले भनिन्, ’त्यो अनुभव सबैसंग साट्नका लागि ’तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौँ।’

प्रतियोगितामा महिलाहरुरूमात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेजमा कपालबिनाको फोटो पोस्ट गर्न सकिन्छ ।  प्राप्त फोटोलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार  दोस्रो हुनेलाई रु २५, हजार र तेस्रो हुनेलाई १०,नगद पुरस्कार प्रदान गरिनेछ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इन्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...