ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

बुधबार, २१ कार्तिक २०७५, १० : २२ हरि रोका

17


अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन जैर बोल्सोनारो निर्वाचित भएका छन् । उनले उक्त निर्वाचनमा खसेको मतको ५५.७ प्रतिशत मत प्राप्त गरे । २१ करोड जनसंख्या भएको ब्राजिलमा लगभग १० करोड ब्राजिलियनले मतदान गरेकोमा बोल्सोनारोले ५ करोड ६० लाख, उनका निकटतम प्रतिद्वन्द्वी वर्कस पार्टीका फर्नान्डो हाडादले ४ करोड ५० लाख मत प्राप्त गरेका थिए भने ३ करोड दस लाख मतदाताले या त मत खसाल्न गएनन् या त मतदान बुथमा गएर पनि मतदान गरेनन् । २७ वटा राज्य (प्रदेश) गभर्नर, ५४ सिनेटर्स र लगभग १६ सय निर्वाचित प्रतिनिधि पनि राष्ट्रपति उपराष्ट्रपतिसहित निर्वाचित भएका छन् । यो निर्वाचनमा सन् २००२ देखि सत्तारुढ हुन पुगेको वामपन्थी वर्कस पार्टी सन् २०१६ सम्म सरकारमा थियो । तत्कालीन राष्ट्रपति दिल्मा रोसुफलाई महाअभियोगपछि ऊ सत्ता बाहिर हुन पुग्यो र यतिबेला उक्त पार्टी विधिवत् रुपमा सत्ताबाट बाहिरिएर प्रमुख विपक्षी पार्टी बन्न पुगेको छ।

बोल्सोनारो ३ दशकदेखि ब्राजिलियन संसद्का सदस्य थिए । संसद्मा उनले सधैंभरि सैनिक शासनको  (मिलिटरी डिक्टेटरसिप) पक्षमा वकालत गर्दै आएका थिए । सन् १९६४ देखि १९८५ सम्म ब्राजिलमा सैनिक शासन थियो । विगतमा उनले संसदमा व्यक्त गरेका विचार र विगत एक वर्षदेखि उनले आफ्नो चुनाव प्रचार प्रसारका दौरानमा व्यक्त गरेका राजनीतिक तथा नीतिगत अवधारणालाई लिएर ब्राजेलियन विपक्षीहरु मात्र होइनन् विश्वविख्यात अखवारहरु उनको जितसँगै ब्राजिलको ३३ वर्षे ‘लोकतन्त्र’ खतरामा पर्न सक्छ भनेर भविष्यवाणी गरिरहेका छन् । हुन पनि प्रमुख प्रतिपक्ष वर्कस पार्टीलाई प्रतिबन्ध लगाउने देखि समलिंगी, महिला, अल्पसंख्यक आदिवासी तथा काला जातिविरुद्ध संहारकारी उनका टिप्पणीले ब्राजिलका विपक्षीहरुमा ठूलो त्रास उत्पन्न गरेको छ।

बोल्सोनारोले संसद्मा व्यक्त गरेका विचार र विगत एक वर्षदेखि उनले आफ्नो चुनाव प्रचार प्रसारका दौरानमा व्यक्त गरेका राजनीतिक तथा नीतिगत अवधारणालाई लिएर ब्राजेलियन विपक्षीहरु मात्र होइनन् विश्वविख्यात अखवारहरु उनको जितसँगै ब्राजिलको ३३ वर्षे ‘लोकतन्त्र’ खतरामा पर्न सक्छ भनेर भविष्यवाणी गरिरहेका छन्।

कस्तो हुनेछ जैर बोल्सोनारोको आर्थिक नीति?
अति दक्षिणपन्थी जैर बोल्सोनारो साओपाउलोका ग्लिसेरियोमा सन् १९५५ मा इटालियन बाउ–आमाको कोखमा जन्म लिएका हुन् । सन् १९७१ देखि १९८८ सम्म उनी ब्राजेलिएन आर्मीमा जागिरे थिए । जागिरबाट निवृत्त भएपछि क्रिस्चियन डेमोक्रेटिक पार्टीसँग जोडिएर रियो दि जानेरियोको सिटी काउन्सिलर बने । सन् १९९० मा सोही पार्टीबाट संघीय सांसद बन्न पुगे । त्यसपछि उनी थुप्रै दक्षिणपन्थी पार्टीहरुसँग आबद्ध रहँदै आए । गएको २२ जुलाईमा सोसिएल लिबरल पार्टीबाट राष्ट्रपतिको प्रत्यासी बन्न पुगे । उनी राष्ट्रवादी, लोकपृयतावादी अतिदक्षिणपन्थी रुझान राख्छन् । समलिंगी बिहेबारी, गर्भपतन, बसाइसराइका उग्र विरोधी हुन् । सन् १९६४–८५ बीचको सैन्य शासनकालमा लागू गरिएको मृत्युदण्ड प्रणालीको घोर पक्षपाती हुन् । उनी चिलेका तानशाह जेनरल पिनोचेका उग्र समर्थक रहँदै आएका छन् । विपक्षीलाई गोलीले उडाउने कुरा गर्नु उनका लागि सामान्य रहँदै आएको छ । निर्वाचन प्रचारका क्रममा उनले आफूलाई ‘साउथको ट्रम्प’ घोषित गरे । निर्वाचनभर स्वास्नीमान्छे, काला र गेविरुद्ध उनले जेहादै छेडे । विभाजित विश्व प्रणालीमा उनले डोनाल्ड ट्रम्पलाई सघाउने जनाएका छन् र सम्भवतः उनले ब्रिक्सबाट ब्राजिललाई अलग्याउनेछन् । बजार अर्थतन्त्रमा आधारित आर्थिक नीतिका उनी पक्षपाती रहेको र पेट्रोवासलगायत सार्वजनिक संस्थान निजीकरणमा लैजाने उल्लेख गरेका छन्।

बोल्सेनारोले ६९ वर्षीय पाउलो गुइडेसलाई नयाँ अर्थमन्त्री बनाउने घोषणा गरेका छन् । गुइडेस ‘वासिंगटन कन्सेसस्’ अन्तर्गत चिलेमा गरिएको फौजी कु–देतापछि स्थापित जनरल अगस्तो पिनोचेको सरकारको खुलाबजार अर्थतन्त्रअनुरुप नवउदारवादी सुधारको पहिलो अभ्यासमा खटिएका ‘सिकागो ब्वाइज’ मध्ये एक हुन् । नयाँ अर्थमन्त्रीले ‘पिनोचे स्टाइल’ मा अर्थतन्त्रलाई व्यवस्थित गर्ने घोषणा गरेको जनाएका छन् । हाल ७ प्रतिशत रहेको वित्तीय घाटा घटाउन देशका १ सय ४७ वटा राज्य नियन्त्रित सार्वजनिक संस्थाहरुको निजीकरण गर्नेछन् । त्यसमध्ये पेट्रोवास, इलेक्ट्रोवास, लगानी बैंक ब्यांको दो ब्रासिल प्रमुख छन् । उनले सन् २००२ देखि वर्कस पार्टीले युरोपेली मुलुकमा जस्तै ब्राजिलमा लागू गरेको लोककल्याणकारी परियोजनामा पूर्णरुपमा बन्देज लगाउने घोषणा गरेका छन् । गुइडेस जो रियो अवस्थित ‘बोजानो इन्भेस्तिमेन्तोस’ बैंकका मालिक हुन् अर्थतन्त्रमा राज्यको हस्तक्षेपकारी भूमिका नरहने कुरा अगाडि सारेका छन् ।  यसको अर्थ १ करोड ४० लाख पूर्ण बेरोजगार, ३ करोड ३० लाख साना व्यवसायीलगायत झन्डै ६ करोड ब्राजेलियनहरु राजकीय अर्थतन्त्रमा आश्रित रहेर जीविका चलाइरहेका छन्, प्रतिकूल रुपमा प्रभावित हुनेछन् । विगतमा वेल्फेरिजमअन्तर्गत रोजगार, आय आर्जन, आवास, शिक्षा तथा भूमि वितरण कार्यक्रम प्रभावित हुनेछन।

बोल्सोनारोको सफलताको कारण
बोल्सोनारोले सोसल लिबरल पार्टी ६ महिनाअघि मात्र ज्वाइन गरेका थिए, जसको संघीय संसद्मा १ सिट मात्र थियो । अहिले यो पार्टी संघीय संसद्मा ५६ सिट भएको वर्कस पार्टीभन्दा ४ सिट कम अर्थात् ५२ सांसदसहित दोस्रो ठूलो पार्टी बन्न पुगेको छ । फासीवादी, जातिवादी, महिला, काला तथा एलजिबिटी विरोधीको आक्षेप लगाउँदालगाउँदै पनि बोल्सोनारो किन लोकप्रिय बन्न पुगे ? किन उनलाई र उनको पार्टीलाई जनताले बहुमत दिए ? कसरी उनको पक्षमा चुनावी माहौल निर्माण हुन पुग्यो ? अक्टुबर पहिलो साता भएको पहिलो फेजको निर्वाचनमा बोल्सोनारोको सोसल लिबरल पार्टी (पिएसएल) विजयी हुन पुग्यो । बोल्सोनारो अफैंले लोकप्रिय मतको ४६ प्रतिशत मत हासिल गरे भने वर्कस पार्टी (पिटी) का फर्नान्डो हादादले जम्मा २९ प्रतिशत मत पाएका थिए । अक्टोबर २८ को दोस्रो फेजको निर्वाचनमा बोल्सोनारोले सजिलै जित्छन् भन्ने अडकल पहिलो परिणामबाटै अडकल काट्न सजिलो बनेको थियो । बोल्सोनारो दक्षिणपन्थ अगाडि बढ्नुमा निम्न कारण छन् –

राज्यको संरचनागत परिवर्तन गरी सामाजिक न्याय सहितको प्रजातन्त्र उपलब्ध हुन्छ भनेरै ब्राजिलियन जनताले लुला र दिल्माको वर्कस पार्टीलाई १४ वर्ष लामो समय सत्तामा रहने सुविधा उपलब्ध गराएका थिए तर उनीहरुको नेतृत्वमा अपेक्षित परिवर्तन सम्भव भएन । वामपन्थी वर्कस पार्टी दक्षिणपन्थी सुधारको फोहोर आहालमा डुब्न पुग्यो ।

यथास्थितिबाट दक्षिणपन्थतर्फ अर्थराजनीतिक संक्रमण
सन् २०१४ मा सम्पन्न राष्ट्रपतीय चुनावमा वर्कसकी दिल्मा रोसुफले अत्यन्त झिनो मार्जिनमा चुनाव जितेकी थिइन् । राज्यको आर्थिक–सामाजिक संरचना नभत्काई उही संरचनाभित्र लोककल्याणकारी कार्यक्रमका माध्यमबाट जनतामा सेवा पु-याउने वर्कस पार्टीको चाहना थियो ।  सन् २००८/०९ को विश्वव्यापी मन्दीपछि अप्ठ्यारोमा पर्दै गयो । लुइन इनासियो दासिल्भा लुलाको कार्यकालमा ‘बोल्सा फ्यामिलिया’ (फ्यामिली ग्रान्ट) नाम दिइएको लोककल्याणकारी कार्यक्रम चलाइयो । त्यस कार्यक्रमअन्तर्गत दरिद्रताको रेखामुनि रहेका झन्डै २ करोड मानिसले अति दरिद्रताबाट मुक्ति पाए । तर यस्तो लोककल्याणकारी काम राज्यको ढुकुटीमा निरन्तर आयआर्जन भइरहँदा मात्र दिगो हुन्थ्यो ।
२००८/०९ अघि ब्राजिलले बेचिरहेको कच्चापदार्थ पेट्रोलियम क्रुड आयल तामा तथा फलाम र सोयाबिनको भाउ स्वाट्टै घटेपछि राष्ट्रिय आयमा कमी आउनु अस्वाभाविक थिएन । त्यसअघि सुरु गरिएका लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्न सरकारले आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था आइपर्नु अस्वाभाविक थिएन । यसरी ऋण लिने वा उठाउनाले ब्याजदर चर्को बन्दै जानु पनि अस्वाभाविक थिएन । बढी ऋणको जोखिम घटाउन पुराना कार्यक्रम घटाउन वा हटाउन र नयाँ कार्यक्रम नथप्न ऋणदाताको (साहुहरु) दबाब पर्नु अस्वाभाविक थिएन । राजनीतिक अर्थशास्त्री रव उरेका अनुसार ब्राजिलमा सन् २०१२ मा आर्थिक मन्दी पुनः प्रवेश ग-यो । ब्राजिलियन इतिहासमा त्यो सबैभन्दा ठूलो मन्दी थियो । त्यसलाई काबुमा राख्न दिल्मा रुसौफको प्रशासनले वाल स्ट्रिट र अन्तर्राष्ट्रिय मुद्राकोषको सहारा लियो । र मुद्रोकोषले अन्यत्रभैंm राज्यको खर्च कटौती –अस्टेरिटी) को प्याकेज थमाइदियो । सन् २०१४ मा ब्राजिलको सार्वजनिक ऋण जिडिपी अनुपातमा (पब्लिक डेब्ट÷जिडिपी रेसियो) २० प्रतिशतबाट बढेर ७५ प्रतिशत पुग्यो । वालस्ट्रिट र आइएमएफकै सल्लाहमा अस्टेरिटी प्याकेज कार्यन्वयन गर्न पुगेकी दिल्मा दोस्रो निर्वाचनमा बडा मुस्किलले जिते पनि २०१६ मा दुई वर्ष म्याद रहँदै अविश्वासमार्फत हटाइन् । वास्तवमा यो आइएमएफ÷वालस्ट्रिट निर्मित ‘कु–देता’ थियो।

१९९० को दशकमा भिœयाइएको वित्त तथा व्यापारको उदारीकरणको परिणाम थियो सन् २०१२ को ब्राजिलियन मन्दी । भूमिसुधारमार्फत जमिनको न्यायोचित वितरण, उत्पादनमूलक तथा आयात प्रतिष्ठापन उद्यम क्षेत्रमा लगानीमैत्री वित्तीय व्यवस्थापन गरी बेरोजगारीको अन्त, बैंक तथा वित्तीय संस्थामाथि प्रभावशाली नियमन गरी उत्पादनमूलक क्षेत्रमा लगानी प्राथमिकता, कच्चापदार्थमा आधारित निर्यातभन्दा रोजगारमूलक उपभोग्य तथा पुँजीगत वस्तु उत्पादन ब्राजिलिएन अर्थराजनीतिको पुनर्संरचना खोजिएको थियो । जनताले यो अपेक्षा वर्कस पार्टीबाट हुन्छ भन्ने ठानेका थिए । राज्यको संरचनागत परिवर्तन गरी सामाजिक न्याय सहितको प्रजातन्त्र उपलब्ध हुन्छ भनेरै ब्राजिलियन जनताले लुला र दिल्माको वर्कस पार्टीलाई १४ वर्ष लामो समय सत्तामा रहने सुविधा उपलब्ध गराएका थिए तर उनीहरुको नेतृत्वमा अपेक्षित परिवर्तन सम्भव भएन । वामपन्थी वर्कस पार्टी दक्षिणपन्थी सुधारको फोहोर आहालमा डुब्न पुग्यो।

इतिहासमा तानाशाहको पुनर्जन्म
सन् २०१२ देखि दिल्मा नेतृत्वको वर्कस पार्टीले नवउदारवादी अस्टेरिटी स्वीकार गरेपछि आमजनमानसमा वर्कस पार्टीप्रति घृणा उत्पन्न हुँदै गयो । वर्कस पार्टीका कार्यकर्ता र नेताहरु भ्रष्टाचारी बन्दै गए । भित्रभित्रै फर्सी कुहिएजस्तै कुहुँदै गए । भष्ट्राचारका लागि आफैंभित्र अस्वस्थ प्रतिस्पर्धा बढ्दै गयो । वर्कस पार्टीलाई भित्रैदेखि मन नपराउने मानिसहरु अर्थात् सैद्धान्तिक वैचारिक रुपमा हार्डकोर पुँजीवादीहरुले सामाजिक सञ्जाल तथा मूलधारको मिडियामार्फत वर्कस पार्टीलाई नंग्याउँदै लगे । वित्तीय भूमण्डलीकरणको सेवामा लागेका, नवउदारवादी लेखक तथा पत्रकारहरु निकै अगाडिदेखि सत्रिय थिए । खासगरी ब्राजिलियन सार्वजनिक सम्पत्तिमाथि आँखा गाडेर -याल चुहाइरहेका निजी लगानीकर्ताहरुको खर्चमा फेक सामाजिक सञ्जाल (युट्युब, फेसबुक, ट्विटर तथा इन्स्टग्राम) चलायमान हुनु अस्वाभाविक थिएन।

दिल्माले सन् २०१६ मा त्यस्तो दुर्भाग्य बेहोर्नुप-यो जुन कुरा इटलीमा सन् १९२० को दशकमा घटेको थियो । पहिलो बिश्वयुद्धको युद्धऋण तिर्न परेका कारणले तत्कालीन इटाली सरकारले पहिला राज्यले जनतालाई दिँदै आएको सुविधा कटौती (अस्टेरिटी प्याकेज) ग-यो त्यसका कारणले मन्दी फैलियो । त्यसपछि आमरूपमा असन्तुष्टि, असन्तुष्टिकै कारण फासिस्ट नेता बेनितो मुसोलिनी जन्मिए । जर्मनीको वाइमर सरकारले युद्ध क्षेतिपूर्ति (वार कम्पेनसेसन) तथा औद्योगिक ऋण तिर्न नसक्दा ‘बृहत् मन्दी (ग्रेट डिप्रेसन)’ र बृहत् मन्दीले नाजी हिटलरलाई जन्मायो । ब्राजिलमा त्यस्तै परिवेशमा बोल्सोनारो जन्मिए । चार दशक लामो वित्तीयकरण गरिएको नवउदारीकृत पुँजीवादी व्यापार नीतिले आम रुपमा आर्थिक प्रतिफलको वितरण असाध्य रूपमा अन्यायपूर्ण वितरण हुन पुग्यो । यसले गरिब धनीबीचमा गहिरो नपुरिने खाडल बन्यो । खाडल पुर्न कथित वामपन्थी राजनीतिक पार्टीलाई मानिसले मतदान गरे र सत्तारोहण गराए । तर नेतृत्वगण नवउदारवादी चास्नीमै डुबपछि जनता उदासीका कारण घोर दक्षिणपन्थ फासीवाद÷नाजीवाद रोज्न पुग्ने रहेछन् । इतिहासका आयमलाई केलाउँदा उदारवादी पुँजीवादी राजनीतिले नै फासीवाद नाजीवाद वा उग्र दक्षिणपन्थ जन्माउँदो रहेछ भन्ने एक पटक पुनः पुष्टि हुन पुगेको छ । उदार वामपन्थ (लिबरल लेफ्टिजम) ले जमिन नटेक्दा, वैकल्पिक बाटोहरु नखोज्दा र जनतासँगका सम्मति वा सम्बन्धका बाचा तोड्दै जाँदा, आममानिससँगको सम्बन्ध उधारो छोड्दै जाँदा यस्तो दुर्गती भोग्नुपर्ने रहेछ।

युद्धकला र रणनीतिक नभएको वर्कस
लुलाले सन् २००६ मै आन्तानियो पालोकीलाई हटाएर इटालियन–ब्राजेलियन अर्थशास्त्रीलाई गुइडो मातेंगालाई उनले अर्थमन्त्रीको जिम्मेवारी दिए । प्रोगेसिभ अर्थशास्त्री कहलिएका उनी बिस्तारै रङ फेर्दै गए र वामपन्थ उनमुख प्रगतिशील अर्थतन्त्रको विकास निर्माणको विकल्पभन्दा नवउदारवादीवाटो समात्दै अगाडि बढे । उनी  डिसेम्बर २०१४ सम्म अर्थमन्त्री रहे । उनीपछाडि सिकागो ट्रेन्ड जाकिम लेभीलाई अर्थ मन्त्रालयको जिम्मा लगाइयो । तर उनले कुनै नयाँ काम गर्न सक्ने परिस्थिति थिएन । सबैभन्दा मुख्य कुरा आर्थिक नीति निमार्णका लागि नयाँ राजनीतिक कार्यक्रम नै तय गर्नुपर्ने अभिभाराबाट ब्राजिल वञ्चित हुन पुग्यो । नवनिर्वाचित सांसद कर्नेल मार्सियो तादेउ दे लेमोस भन्छन्, ‘यो जित (बोल्सोनारोको) राजनीतिक रुपमा फड्को मार्नैका लागि हो । हामी एउटा चक्र पार गरेर अर्को चक्र सुरु गर्दैछौं । ब्राजिल आँधीबेरीबाट गुज्रिरहेको छ । राजनीतिक, प्रशासनिक, वित्तीय र सुरक्षा सबैमा आँधी तुफान आउनेछ । बोल्सोनारोले जग्गा–जमिनविहीन कामदारको संगठन ल्यान्डलेस ओर्कस मुभमेनटलाई प्रतिबन्ध लगाउने कुरा गरेका छन् । र लुलालाई कारवास (लाभा जातो) केसमा १२ वर्ष जेल हाल्ने न्यायाधीस सर्गियो मोरोलाई कानुनमन्त्री नियुक्त गर्ने बताएका छन् । उनले स्वीकार पनि गरेका छन् । लोकप्रिय नेतालाई जेल पठाउने काम बनिबनाउ षड्यन्त्र थियो भन्ने पुष्टि भएको छ । सेनादेखि प्रहरीसम्म अदालतदेखि प्रशासनसम्म यत्राविधि षड्यन्त्र हुँदा पनि १४ वर्ष राजगरेको वर्कसलाई केही थाहा नहुनु र त्यस्ता षड्यन्त्रविरुद्ध नया रणनीति अख्तियार गर्न नसक्नु वकर्सको सबैभन्दा ठूलो चुनौती हो।







यसमा तपाईको मत

अन्य समाचार

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

यो अपडेट अक्टोबर महिनाबाट विन्डोज १० होम र प्रो प्रयोगकर्तालाई उपलब्ध गराइएको छ | ...