८ वैशाख २०८१ शनिबार
समाज

५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा

काठमाडौं - यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाइसेन्स दिने गरी काम थालेको छ। ‘५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा सकिने गरी काम भइरहेको छ,’ विभागका प्रवक्ता उपाध्यायले नागरिकलाई बताए। लाइसेन्स छपाइको सम्पूर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भइरहेको छ।

लाइसेन्स छपाइको सम्पूर्ण काम निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई दिइएको यातायात व्यवस्था विभागका प्रवÏा गोकर्णप्रसाद उपाध्यायले बताए। यसअघि विभागले दैनिक २५ सयदेखि ३ हजारसम्म लाइसेन्स छाप्ने काम गर्दै आएको थियो जसका कारण सेवाग्राहीले लाइसेन्स पाउनका लागि एक वर्षभन्दा बढी समय कुर्नुपर्ने बाध्यता थियो। छपाइ मेसिनको अभावका कारणले गर्दा सेवाग्राहीले लाइसेन्स पाउन लामो समय लाग्ने गरेको थियो।

अबको दुई महिनाभित्र ५ लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमति पत्र पाउने प्रवक्ता उपाध्याय बताउँछन्। यसअघि सेवाग्राहीले ट्रायल दिएको एक वर्षभन्दा बढी समयसम्म पनि लाइसेन्स नपाउने समस्या रहेको थियो जसका कारण सेवाग्राहीहरु लामो समयसम्म लाइसेन्सको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको थियो। अबको केही महिनापछि यो सबै समस्या समाधान हुने विभागका प्रवÏा उपाध्यायले बताए।

यातायात व्यवस्था विभागको निर्देशनअनुसार मालिका इन्कर्पोरेट कम्पनीले लाइसेन्स छपाइको काम सुरु भइसकेको जनाएको छ। हामीले लाइसेन्स छपाइको कार्यलाई तीव्रता दिएका छौं। विभागले दिएको समयअवधि अघि नै लाइसेन्स छापिसक्ने लक्ष्य छ,’ मालिका इन्कर्पोरेट कम्पनीका प्रबन्धक निर्देशक सुरेन्द्र ढकालले भने।

दैनिक रुपमा २० हजारभन्दा बढी लाइसेन्स छापिने योजनामा रहेको निर्देशक ढकालले बताए। कम्पनीलाई एउटा लाइसेन्स छापेबापत सरकारले १५ रुपैयाँका दरले दिइने सम्झौता भएको ढकालले बताए । कम्पनीले १५ वटा मेसिनबाट लाइसेन्स छपाइको कामअघि बढाइएको र अगामी केही दिनभित्रै ५ वटा मेसिन थप गर्दै छपाइ कार्यलाई तीव्र बनाइने ढकालले बताए।

कागजी लाइसेन्सको तुलनामा स्मार्ट लाइसेन्स लामोसमय टिक्ने, पानीले नभिज्ने, नखुम्चिने हुँदा प्रयोगमा सहज हुने गरेको छ । तर ट्रायल पास गरेको एक वर्षसम्म पनि लाइसेन्स नपाउँदा ट्राफिक चेकजाँचमा सेवाग्राहीलाई समस्या पर्दै आएको थियो। हाल ३ लाख ९९ हजारले स्मार्ट लाइसेन्स लिइसकेका र करिब ५ लाख भन्दाबढी लाइसन्सको पर्खाइमा छन्। दैनिक ५ देखि ७ हजारसम्म लाइसेन्सको माग रहेको छ।

प्रकाशित: २१ कार्तिक २०७५ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App