४ वैशाख २०८१ मंगलबार
समाज

तीन दिनदेखि सडक अवरुद्ध

गाईघाट (उदयपुर)-पहिरो झर्ने क्रम नरोकिएपछि सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–२ ठाँटीस्थित लप्सेमा तीन दिनदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

निरन्तर पहिरो झरेपछि सडक सञ्चालनमा ल्याउन समस्या भएको इप्रका कटारीले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालय लहान र प्रहरी सक्रिय रहेपनि पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको इप्रका कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताए ।

तीन दिनदेखि सडक अवरुद्ध हुँदा सयौँको सङ्ख्यामा यातायातका साधन हर्देनी क्षेत्रमा नै रोकिएका छन् । रासस

प्रकाशित: ८ आश्विन २०७३ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App