coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अजयलाई रजत

इन्डोनेसिया - इन्डोनेसियाको बालिमा जारी चौथो भोभिनम एसियन च्याम्पियनसिपमा नेपालका तर्फबाट ७२ केजि तौल समुहमा अजय बुढाथोकीले रजत पदक जितेका छन्। उनी क्वाटरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए।

सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसंग पराजित हुँदा रजत पदकमा चित्त बुझाउनु पर्याे। बुढाथोकीले यस अघि पनि मिक्स मार्सल आर्ट मा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाई सकेका छन्। उनी अनुभवी खेलाडीका रुपमा परिचित छन्। यस्तै अजय र पुकारले सेट फाईट ईभेन्टमा पनि नेपाललाई कास्य पदक दिलाउन सफल भएका छन्। सेट फाईटमा ६.८ स्कोर प्राप्त गर्दै उनीहरुले कास्य पदक जितेका छन्। प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहेको छ।

प्रकाशित: २० कार्तिक २०७५ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App