coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिलो पटक हुम्लामा सरकारी गाडी

हुम्ला - राष्ट्रिय सडक संजालले नछोएको जिल्ला हुम्लामा पहिलो पटक सरकारी गाडि पुगेको छ। २ लाख ४० हजार ढुवानी तिरेर हिल्सा सिमकोट सडक आयोजना हुम्लाले उक्त सरकारी गाडी सदरमुकाम सिमकोट पुर्याएको हो। केरुङ्गबाट हिल्सा सम्म कन्टेनरमा र हिल्सादेखि सिमकोट सम्म गुडाएर सिमकोट पुर्याइएको हाे।

नगुडेको दिन बाहेक केरुङ्ग बाट हिल्सा २ दिन  र हिल्साबाट सिमकोट २ दिन गरी जम्मा ४ दिनमा सो गाडि सिमकोट पुगेको हिल्सा सिमकोट सडक आयोजना हुम्लाका प्रमुख इन्जिनियर ससांक मिश्राले बताए। हिल्सा देखि सिमकोट सम्म  ९५ किलोमिटर सडक ट्रयाक ओपन भएपछि सोही बाटो प्रयोग गरेर सडक आयोजनाले गाडी सदरमुकाम सिमकोट पुर्याएको हो।

आव ०५५/५६ मा सुरु भएको हिल्सा–सिमकोट मोटरबाटोको च्याछहरा खण्डको काम पूरा नभएकोले सल्ली खोलासम्म हिल्सा–सिमकोटको सडक र सल्लीदेखि हेप्का खोला सम्म लिमि–लाप्चाको सडक प्रयोग गरी सिमकोटमा गाडी पुगेको हाे। चीनबाट नेपाली गाडी गुडाएर लिन नमिल्ने भएकोले रसुवाको केरुङ नाका हुदै  हुम्ला हिल्सा नाकासम्म कन्टेनरमा ढुवानी गरी गाडि ल्याइएको मिश्राले बताए। सो गाडि अब हुम्लाको सदरमुकाम सिमकोट देखि चीनको सिमाना हिल्सा सम्म ९५ किलोमिटर र सिमकोट देखि खार्पुनाथ गाउँपालिकाको याङ्गचु सम्म १५ किलोमिटर गुडने प्रमुख मिश्रको  भनाई छ। सरकाले यो नाकालाई आधिकारीक रुपमा संचालनमा ल्याउने हो भने हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेशको नै समृद्धिसंगै बिकासकोे ढोका खुल्ने देखिन्छ।

 

प्रकाशित: २० कार्तिक २०७५ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App