५ वैशाख २०८१ बुधबार
समाज

भैलीमा मौलिकता र संस्कृति भेट्टाउनै गाह्रो

जाजरकोट -
                 हाहै भन मेरा  साथी  हो  भैलिरे 
                 हाहै  चिप्लो वाटो  रातो माटो भैलिरे 
                 हाहै स्वर मिलाइ भन  भैलिरे  
                 हाहै  छाना माथि घिरौला भैलिरे 
                 हाहै कति दिन्छन हेरौला  भैलिरे 

अहिले तिहारको रमझम देशैभरी जताततै चलिरहेको छ तर यी माथिका मौलिक भैली लयका शब्दहरु कसैले भट्टयाएको पाइदैन। गाउँ होस या सहर जततातै भैली खेल्नेका हुलहरु असंख्य छन् तर कतै पनि मादलको घिनघिन आवाज  सुनिदैन। कतै वाँसुरी वजेको पनि सुनिदैन। कतै पनि मौलिक स्वर र लयमा  देउसी भैली भटटयाएको सुनिदैन।

घर घरमा देउसी भैलो खेल्नेहरुका हुलहरु छन्। एक पछि अर्काे गर्दै देउसी भैली खेल्ने समुहरु सवै रेडिमेड गीत र देउसी गीतमा उफ्रेर विदा मागेर गइरहेका छन्। भैलीको सुरु देखि अन्त्य अर्थात आशिष दिने सम्मका सवै  रेडीमेड गीतहरु  साउन्ड वक्समा चर्काे स्वरमा वजाएर नाच्दै  युवा पुस्ताहरु रमाइरेहको देखिन्छ। उनीहरुमा अाफ्नाे  लोक परम्परा र संस्कृति हराउदैछ भन्ने कुनै चिन्ता पिर या भय छैन।

वनावटी गीत, वनावटी ढंगले खेलिने भैली र सोहि ढंगमा पाश्चात्य गीतहरुमा नाचिने चलनले सवै मौलिक चलनहरु  नयाँ पुस्ताको सम्झनामा मात्र रहेको आभाष भइरहेकाे छ। अहिलेका पुस्ताले खेल्ने देउसी भैलोमा कुनै रस र मौलिकता भेटाउन नसकिने  वुढापाकाहरु वताउछन्।

वनावटी गीत, वनावटी ढंगले खेलिने भैली र सोहि ढंगमा पाश्चात्य गीतहरुमा नाचिने चलनले सवै मौलिक चलनहरु  नयाँ पुस्ताको सम्झनामा मात्र रहेको आभाष भइरहेकाे छ। अहिलेका पुस्ताले खेल्ने देउसी भैलोमा कुनै रस र मौलिकता भेटाउन नसकिने  वुढापाकाहरु वताउछन्। युवा पुस्ता मौलिक परम्परा भन्दा वाहिरको लाइनमा जान लागेको भन्दै उनीहरु चिन्ता गर्छन्।

देउसी भैली भन्ने वित्तिकै आफै भट्याउने, लोकगीतहरु गाउने, मादल मुरली, वाँसुरी र झ्याली लगायतका स्थानीय मौलिक वाजाहरु वजाएर तिहारमा रमाइलो गरि नाचिने नाँच भन्ने वुझिन्छ। देउसी भैलोमा मनोरन्जन मात्र नभएर  मौलिकता, आफनो पहिचान र  साँस्कृतिक महत्व समेत जोडिएको हुन्छ। त्यसैले देउसीभैली एक नाँच मात्र नभइ कला संस्कृति र पहिचान जोगाउने माध्यम पनि हो। देउसी भैलीमा प्रयोग हुने वाजाहरु, गीतमा प्रयोग हुने भाकाहरु, गीतका शब्दहरु, भट्याउदा बाेलिने लयात्मक शब्दहरु र नाच्ने तरीकाहरु सवैले  हाम्रो मौलिक परिचय दिन र निर्माण गर्न सहयोग गर्छन्।

अहिले जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा मात्र होइन गाउँवस्तीमा समेत मौलिक परम्परकाे देउसी भैली खेल्ने चलन भेटाउन सारै मुस्किल परेको छ। जाजरकोटमा मात्र होइन मुलुकै भरि मौलिक पाराका देउसी भैलो नाँचहरु विकृत वन्दै गएको भेटिन्छन्। देउसी भैलो खेलेर परम्परा जोगाउने, उठेका रकम सामाजिक काममा लगाउने भन्दा पनि संस्कृतिमा विकृतिलाइ वढावा दिने गरि गतिविधिहरु वढिरहेको देखिन्छ। जाजरकोटको इतिहास र संस्कृतिका जानकार राजुराजा सिंह आफनो कला र संस्कृति भुलेर नयाँ पुस्ताले आफनै खुटटामा वन्चरो हान्ने काम गरेको तर्क गर्छन्। 'विना तालमा घरको आगनमा चर्काे स्वरमा वजेका रेडीमेड गीतमा उफ्रेको सजाय भोलिका पुस्ताले पाउनेछन्', उनले गुनासो गर्दै भने। 'पहिले वारी गाउँमा मादल वजे पल्लो गाउँमा रमाइलो हुन्थ्यो तर अहिले घरमै आको भैली देखेर नाक खुम्च्याउनुपर्ने हुन थाल्यो' सिंहले भने। राजुराजा सिंहले भनेको कुरा युवाहरुलाइ वुझाउन  अहिलेका पुस्ताका लागि विशेष अभियान चलाउनु पर्ने अन्य सरोकारवालाहरुको भनाइ छ। 

 

प्रकाशित: २० कार्तिक २०७५ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App