coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्याका अभियुक्त २३ वर्षपछि पक्राउ

उदयपुर - हत्याका एक अभियुक्तलार्इ प्रहरीले २३ वर्षपछि पक्राउ गरेकाे छ। २०५२ साल कात्तिक ४ गते जिल्लाको साविक रामपुर ठोक्शीला गाविस हाल बेलका नगरपालिकाका ३२ वर्षीय नारायण साहको हत्या गरी फरार रहेका सुनसरी साविक प्रकाशपुर ५ का ५५ वर्षीय राजेन्द्र राई आईतबार पक्राउ परेका हुन्। 

अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका उनीसँगै हत्या आरोपमा संलग्न अन्य दुईजना भने यसअघि नै कैद भुक्तान गरी घर फर्किसकेका छन्। घटना लगत्तै फरार राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ ठाकुरबारीबाट आईतबार विहान पक्राउ गरेको जनाएको छ। पक्राउ लगत्तै उनलार्इ जिल्ला अदालत उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ। राईलाई अदालतमा बुझाए लगत्तै कारागार चलान गरिएको जिल्ला अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए। फरार राई केही दिनयता ठाकुरबारी आसपास बस्ने गरेको गोप्य सूचनाका आधारमा सिआईबी टोलीले उनलार्इ पक्राउ गर्न सफल भएको हो।

 

प्रकाशित: २० कार्तिक २०७५ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App