coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्योकुसिन कराते टोली बंगलादेश जाने

काठमाडौं - सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएका छन्।

नोभेम्बर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २० कार्तिक २०७५ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App