खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले रातको १० बजेपछि देउसीभैली नखेल्न आग्रह गरेको छ। चाडवाड तथा निर्वाचनको समयमा हुन सक्ने अप्रिय घटनालाई न्यूनिकरण गर्दै तिहारलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीले रातको १० बजेपछि देउसीभैली नखेल्न आग्रह गरेको हो।
चाडबाडका समयमा हुने मादक पदार्थ सेवनका कारण रातका समयमा हुने सम्भावित हो–हल्ला, झै–झगडा, काटमार लगायतका अप्रिय घट्नाकाक्रममा तत्काल शान्तिसुरक्षा प्रदान गर्न कठिन हुने भएकाले यस्तो आग्रह गरेको प्रहरीले जनाएको छ।
सार्वजनिक सूचना जारी गर्दै प्रहरीले तिहारका समयमा बिष्फोटक पदार्थ पटका समेत नपड्काउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले सम्भावित अप्रिय घटनाबाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहन भनेको हो।
प्रकाशित: २० कार्तिक २०७५ ०७:२२ मंगलबार