८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकी चुनावमा नेपाली उम्मेदवारी

मेरिल्याण्ड राज्यकोतल्लो सदनका उम्मेदवार एचबि भण्डारी र न्यु हयाम्प्सायरबाट डेमोक्र्याट उम्मेदवार मदलसा गुरुङ

अमेरिका–राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको समीक्षा गर्ने  मध्यवधि निर्वाचन अाज नेपाली समय अनुसार साँझबाट सुरू हुँदैछ। त्ति र गधा निर्वाचन चिन्ह अर्थात (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धामा नेपाली मूलका  व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।  

पहिलो पटक उपल्लो स्थानमा उम्मेदवारी दिएका नेपाली मूलका एचबि भण्डारी डेमोक्रेटिक पार्टीेका तर्पmबाट मेरिल्याण्ड राज्यको विधायिकाको तल्लो सदनको लागि उम्मेदवार भएका छन्।

भण्डारी डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचनमा विजयी भई आज हुने निर्वाचनमा उम्मेदवारी दिन पाएका हुन। डेमोक्र्याटहरुको बाहुल्यता रहेका क्षेत्रबाट निर्वाचन लडेका कारण पनि उनको जित्ने संभावना बलियो रहेको नेपाली मतदाताहरु बताउँछन । भण्डारी अमेरिकी राजनीतिमा उपल्लो तहमा उम्मेदवारी दिने पहिलो नेपाली मुलका हुन। 

त्यस्तै मदलसा गुरुङले न्यु हयाम्प्सायरबाट डेमोक्र्याट पार्टीबाट तल्लो सदनमा उम्मेदवारी दिएकी छिन् । मदलसा गुरुङ ले मेर्रिमैकबाट प्रतिनिधित्व गर्न उम्मेदवारी दिएकी हुन । त्यस्तै, भर्जिनियाबाट प्रदीप ढकालले स्थानीय इकाइको निर्वाचनमा आपनो उम्मेदवारी दिएका छन् । उनले हरन्दककन सिटीमा टाउन काउन्सिल पदमा उम्मेदवारी दिएका हुन।

अमेरिकामा नेपालीको जनसख्या बढेसंगै निर्वाचनमा पनि भाग लिने सकृयता बढेको हो। हालसम्म ३२ हजार भन्दा बढी नेपालीहरुले अमेरिकी नागरिकता लिएको अनुमान छ । जुन सख्या अमेरिकमा रहेका ३ लाख नेपालीको तुलनामा निकै कम हो । नागरिकता लिने समय पुगेर पनि कयौन नेपालीले अमेरिकी नागरिकता लिएका छैनन्। अमेरिकामा यहाँको नागरिकता लिएका सबै नेपालीहरूलाई अन्य नागरिक सरह निर्वाचनमा उम्मेदवार हुन र चुनावमा भोट दिन अधिकार हुन्छ । 

 
ट्रम्प कार्यकालको समीक्षा

ट्रम प्रशासनको आप्रवासीप्रतिको अनुदार नीति कसिलो बनाउँदै लैजाने क्रममा यो निर्वाचन हुँदैछ । पछिल्लो पटक जन्मको आधारमा दिईदै आएको नागरिकता खारेज गर्ने राष्ट्रपति ट्रम्पको घोषणासंगै मध्य अमेरिकी मुलुक एलसाल्भाडोर, होन्डुरस हुँदै मेक्सिकोबाट अमेरिका छिर्न खोजिरहेको लर्कन रोक्न सीमामा सेना खटाउने आदेश भैरहँदा आज हुने निर्वाचनमा कसको पल्लाभारी होला यसै भन्न सकिन्न। 

विभिन्न सर्वैक्षणहरुले डोमोक्र्याटलाई फाईदा पुग्ने विवरणहरु सार्वजनिक गरेका छन । ४ सय ३५ सीटको तल्लो सदन अर्थात कंग्रेसमा र माथिल्लो सदन सिनेट दुवैमा हाल रिपव्लिकन बहुमत कायम छ । कंग्रेसमा रिपव्लिकनको २ सय ३५ सीट रहेको छ भने डेमोक्र्याटको एक सय ९३ सिट र ७ जना स्वतन्त्र रहेका छन । 
यो बहुमत सीट कंग्रेसमा डेमोक्र्याटले आफ्नो स्थान बनाउन सकेन भने ट्रम्पलाई लगाम लगाउने प्रयास निरर्थक रहनेछ र आप्रवासन नीति थप कसिलो बन्ने निश्चित छ । 

उता सिनेटमा एकसय सीटमध्ये ५१ सीटसहित रिपव्लिकन स्पष्ट बहुमतमा छन भने डेमोक्र्याट ४७ सीटमा सीमित छ। २ सिट स्वतन्त्र छन । यस पटक विभिन्न कारणले खाली भएको ३५ सीट मात्र सिनेटरका लागि मतदान हुँदैछ।

राष्ट्रपतिलाई कानुन बनाउने, प्रस्ताव पास गर्ने र विभिन्न खर्च अधिकार प्रदान गर्ने तल्लो सदनमा मात्रै डेमोक्र्याट बलियो भए राष्ट्रपतिलाई अंकुश लगाउन सक्छ।अन्यथा अमेरिकी सविधानले राष्ट्रपतिलाई दिएको असिमित अधिकारको प्रयोग निर्वाध हुनेछ। 
तर यो निर्वाचनमा आप्रवासनप्रति अनुदार बन्दै गएको गोरा जातीहरु थप बलियो र एकता बन्दै गएको विभिन्न अनुसन्धानहरुले पनि देखाएको छ भने अर्कोतर्फ राष्ट्रपतिका कारण रिपव्लिकन पार्टी कमजोर हुँदै गएको भन्ने आवाज पार्टीभित्रै उठिरहेको पनि चर्चा अमेरिकामा छ। 
यो दुवैखाले अवस्थामा हुने निर्वाचनको परिणाम कुर्न अझै कम्तिमा २४ घण्टा कुर्नुपर्नेछ । त्यसैगरी ३६ वटा राज्यमा गर्भनरको निर्वाचन पनि आजै हुनेछ। साथै केहि स्थानीय तहको काउन्सील म्यानको निर्वाचन पनि हुँदैछ। अमेरिकी राजनीतिमा मुलत अर्थतन्त्र, रोजगारी, आप्रवासन र स्वास्थ्य विमा सधैझै यसपाली पनि चुनावी एजेण्डा बनेको छ। 

प्रकाशित: २० कार्तिक २०७५ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App