coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सलमान र कैटरिना फेरि सँगै

मुम्बई –विगतमा बलिउडमा मस्ट रोमान्टिक जोडीका रुपमा रहेका सलमान खान र कैटरिना कैफ फेरि एक  भएका छन्। उनीहरु वास्तविक जीवनमा नभई एक विज्ञापनकालागि एक भएका हुन्। उनीहरुले स्पेस फेसनको विज्ञापनमा एक साथ देखा परेका हुन्। सलमानले बिहीबार आफ्नो ट्विटर एकाउण्टमा उक्त भिडियो शेयर गरेका छन्। उक्त भिडियोमा कैटरिना र सलमानलाई रोमान्टिक मुडमा देख्न सकिन्छ र उनीहरु खुसी पनि देखिन्छन्।

विगतमा प्रेम सम्बन्धमा रहेका उनीहरुको सम्बन्धमा कैटरिना रणविर कपुरसँग नजिकिएपछि ब्रेक लागेको थियो। उनीहरु पछिल्लो समय चलचित्र ‘एक था टाइगर’ मा एक साथ देखा परेका थिए। त्यसपछि उनीहरु एक साथ देखा परेको यो पहिलो अवसर हो।

सलमानसँग टाढिएपछि पछिल्लो समय कैटरिनाले चलचित्रसमेत पाउन छोडेकी थिइन्। यता सलमान भने  युलिना बंतुसँग डेटमा रहेको र आगामी नोभेम्बरमा विवाह बन्धनमा बाधिने समाचार भारतीय संचार माध्यममा अहिले चर्चामा रहेको छ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App