७ वैशाख २०८१ शुक्रबार
समाज

‘उपत्यकामा मोनोरेल नै उपयुक्त’

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताएका छन्।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शङ्का नरहेको जानकारी गराए। सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने पनि उनले बताए।

“निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ।” उनले भने। सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै प्रमुख शाक्यले धरहरा, काष्ठमण्डप पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रानीपोखरीको पनि काम शुरु हुने जानकारी दिए।

फोहर व्यवस्थापनका लागि केन्द्र सरकासँग समन्वय भइरहेको उनले जानकारी गराए। कामपाको सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरीको समन्वयमा सिसी क्यामेरा जडान गर्ने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको प्रक्रियामा ल्याइने उनले बताए।

प्रकाशित: १९ कार्तिक २०७५ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App