coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय टोली समाल्ने विधानको इच्छा

काठमाडौं – देशभित्र भविष्य नदेखेर अमेरिका पलायन भएको बताउने ओलम्पियन तेक्वान्दो खेलाडी विधान लामाले राष्ट्रिय टिमको जिम्मेवारी पाए सम्हाल्न तयार रहेको बताएका छन्।

स्वदेशमा केही गर्ने अठोट हुँदाहुँदै पनि अवसर नभएकाले विदेसिनुपरेको लामाले बताएका हुन् । ‘खेलकुदबाट नै जीवनयापन गर्न सकिने अहिलेको जस्तो सहज अवस्था थिएन । दीपक र संगीनालाई जस्तो हामीलाई अवसर थिएन।

साथमा मसँग राम्रो पढाइ पनि थिएन । त्यसै मैले भविष्य खोज्न पलायनको बाटो रोजेको हुँ,’ ओलम्पियन लामाले भने, ‘म कुनै राजनीतिक पार्टीमा भइनँ । त्यसैले कसैले वास्ता गर्दैनन् । राष्ट्रका लागि तेक्वान्दोमार्फत योगदान गर्ने मेरो योजना छ । राष्ट्रिय टोली प्रशिक्षणको जिम्मेवारी पाए फर्किएर मेरो अनुभव साट्दै तेक्वान्दो विकासमा लाग्न चाहन्छु।’

अमेरिकामा निजी तेक्वान्दो एकेडेमी चलाएर बसेका लामाले सन् १९८८ को सियोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिँदा कांस्य पदक जितेका थिए । यसअघि उनले १९८६ मा पहिलो पटक दसौंं एसियाली खेलकुदमा पनि कांस्य पदक जितेका थिए । यस्तै, सन १९८७ मा स्पेनमा भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले कांस्य पदक जितेका थिए।

यसैबीच तामाङहरूको संगठन नेपाल तामाङ राष्ट्रिय घेदुङले खेलकुदमा पुयाएको योगदानको कदरस्वरूप लामाको प्रतिमा बनाउने भएको छ।

प्रकाशित: २० कार्तिक २०७५ ००:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App