कराते खेलाडी छनोट

सोमबार, १९ कार्तिक २०७५, २० : ०९ नागरिक

29


काठमाडौं – इन्डोनेसियामा हुने १५औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन्।

नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म हुनेछ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष एकल कातामा नेपाली सेनाका परशुराम बाँस्तोला पहिलो भए । उनले फाइनलमा आफ्नै विभागका प्रवीण मानन्धरलाई पराजित गरे । पुरुष ५५ केजीमुनि नेपाल प्रहरीका विजय श्रेष्ठ पहिलो भए । उनले फाइनलमा प्रहरीकै सोनाम लामालाई हराए।

पुरुष ६० केजीमुनि काठमाडौंका अनिश लामा, ६७ केजीमुनि केन्द्रीय डोजोका आशिष थापा र ८४ केजीमाथि एपिएफ क्लबका डिगम्बरप्रसाद पन्तले शीर्ष स्थान हात पारे । निर्णायक भिडन्तमा अनिशले सन्तोष राई, आशिषले रुरिहाङ डुमी र डिगम्बरले ईश्वरधन राईको चुनौती समाप्त पारे । पराजित तीनै खेलाडी खोटाङका हुन्।

महिला एकल कातामा प्रहरीकी चञ्चला दनुवारले आर्मीकी रिना श्रेष्ठलाई पाखा लगाउँदै इन्डोनेसिया यात्रा पक्का गरिन् । महिला ५० केजीमुनि सेनाकी कुसुम खड्का पहिलो भइन् । कुसुमले फाइनलमा सेनाकै मिस्ली श्रेष्ठलाई निराश पारिन्।

५५ केजीमुनि एपीएफकी मनीषा चौधरीले खोटाङकी विद्याकला राईलाई पन्छाउँदै पहिलो स्थान हात पारिन् । ६१ केजीमुनि सेनाकी सनी तामाङ छनोट हुन सफल भइन् । फाइनलमा सनीले प्रहरीकी सुनीता महर्जनलाई हराइन् । एकदिने छनोटमा ६१ पुरुष खेलाडीले ५ स्पर्धा तथा ४५ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...