७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सुन्धारा, रत्नपार्कमा कस्तो जाम !

काठमाडौं- काठमाडौंमा सयै पनि यात्रु ट्राफिक जामका कारण आजित छन्। जामका कारण गन्तव्यमा पुग्ने समय अतिरिक्त छुट्याउनु पर्ने वाध्यता नै छ। आइतबार दिउँसोको ट्राफिक जामले सर्वसाधारण झन् पीडित बने।  सवारी साधनको व्यवस्थापन मात्र नभएर मानिसहरुको भिड पनि अत्याधिक हुँदा सुन्धारा, न्यूरोड, रत्नपार्क, थापाथली लगायतका क्षेत्रको आवागमन अस्तव्यस्त बन्यो।

तिहारको भिडभाड ट्राफिक जामको एउटा कारण थियो। अर्को तर्फ लाजिम्पाट केसरमहल खण्डमा मेलम्ची खानेपानी आयोजनाको कामले पनि सवारी आवागमनलाई सहज हुन दिएन। यस्तै आज नै उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको चियापानमा भिआइपी सवारीले पनि राजधानीको ट्राफिक व्यवस्थालाई प्रभाव पार्‍यो।

सुन्धारा, न्यूरोड, क्षेत्रमा जाम यस्तो थियो कि पैदल यात्रीले समेत पाइला अघि बढाउन कठिन बनेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App