६ वैशाख २०८१ बिहीबार
अन्य

सात गाउँ डुवानमा

वर्षापछि जलमग्न बनेको कोहलपुर क्षेत्र।

कोहलपुर– बुधबार परेको वर्षाका कारण यस क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । करिव चार घण्टासम्म परेको भारी वर्षापछि कोहलपुर क्षेत्रका रामजानकी टोल, कौशिलानगर, बानियाभार, मुक्तिनगर, मसुरीखेत, रोहनी खोला, ढकेरी क्षेत्र डुवानमा परेका हुन् । बर्षातपछि खोलामा आएको बाढी गाउँ पसेको स्थानीय बताउँछन् ।

वर्षाका कारण आधा दर्जन बस्ती डुवानमा परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्ले बताउँछन् । ‘डुवान क्षेत्रमा समयमै उद्धार भएकाले मानवीय क्षति भएन,’ उनले भने । वर्षाका कारण रोहनी खोला र डुडुवा खोला आसपासका बस्तीमा पसेको उनले बताए । उनका अनुसार मसुरीखेत, कौशीलानगर, बानियाभार, ढकेरीलगायत क्षेत्र डुवानमा परेका हुन् । बेलुका ६ बजेपछि खोलामा पानीको सतह घट्दै गएको काफ्लेले बताए ।

वर्षाका कारण पूर्व–पश्चिम तथा रत्न राजमार्ग आसपासका बस्ती डुवानमा परे । अग्लो सडक र पानीको निकास नहुँदा राजमार्ग आसपासका बस्ती डुबेको सर्वसाधारण बताउँछन् । सडकखण्डमा पानी जमेपछि ढकेरी, चप्परगौडी र सम्झनाचोक क्षेत्रमा केही समय सवारी अवरुद्ध भएको थियो ।

चिसापानी–८ का कृष्ण चौधरीले यस वर्ष मनसुनको सुरुवातमै भारी वर्षा भएको बताए । ‘भारी वर्षाका कारण बस्ती तथा खेतबारी डुवानमा परे,’ उनले भने ।

वर्षा केही समय लम्बिएको भए खतराको अवस्था आउन सक्ने अवस्था देखिएको उनको भनाइ छ । बाढी गाउँ पसेपछि कच्ची र छाप्रो घरमा क्षति पुर्याएको सर्वसाधारण बताउँछन् ।

 

 

प्रकाशित: १० असार २०७३ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App