७ वैशाख २०८१ शुक्रबार
समाज

२० जुवाडे पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका वडा नम्बर ९ बाट १६ जना र भरतपुर–२१बाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ। आईतबार राती दश बजे तास खेली रहेको खालबाट प्रहरीले १६ जनालाई प्रक्राउ गरेको छ। जुवा खालबाट दुई लाख ७७ हजार ७६० नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

पैसाको बाजी राखी तास खेलिरहेको ठाउँबाट प्रहरीले सात बुक तास पनि बरामद गरेको छ। शनिबार राती ११ बजे भरतपुर महानगर पालिका वडा नम्बर २१ को कृष्णचोकबाट पनि कौडा खेल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको प्रवक्ता रेग्मीले जानकारी दिए। कौडा खेलिरहेको स्थानबाट २२ हजार ७२५ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरिएको उनले बताए।

पक्राउ गरिएका व्यक्ति उपर मुलकी अपराध संहिता ऐनको परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कुसुरअन्तर्गत कारबाही अघि बढाईएको छ। चाडपर्वको समयमा विकृती फैलाउने गरी खेलिने जुवा, तास नियन्त्रणका लागि प्रहरी कार्यालयले टोली गठन गरेर परिचालन गरेको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App