८ वैशाख २०८१ शनिबार
समाज

फरार अपराधी धमाधम पक्राउ

बर्दिया-जवरजस्ती करणी र चोरी मुद्दामा अदालतबाट ७ वर्ष कैद सजाय तोकिएका भोला भन्ने राजकुमार थारुलाई प्रहरीले बिहीवार नेपालगञ्जबाट नियन्त्रण लिएको छ। ठेक्का पट्टाको काम गर्ने बनियाभार –२ घर भएका थारु लुकिछिपि नेपालगञ्जमा टिपर चलाईरहेका थिए ।गाउँमा ठेक्काको काम पनि उनले सम्हालिरहेको खुलेको छ ।

नेपालगञ्जमा भेष बदलेर काम गरेको थारुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनलाई जिल्ला कारागार,गुलरियामा प्रहरीले बुझाएको छ।

बाँसगढी नगरपालिका वडानं.४ बस्ने बर्ष ३२ का राजाराम थारु कर्तव्य ज्यान मुद्दामा फरार थिए । थारुलाई जिल्ला अदालतको १९ बर्ष ११ महिना ८ दिन कैद सजाय तोकिएको थियो । प्रहरी टोलीले आफ्नै घरमा बसिरहेको अवस्थामा थारुलाई ८ वर्ष पछि पक्राउ ग¥र्यो।

यस्तै,बाँसगढी नगरपालिका वडानं.८ बस्ने बर्ष ३६ को भिम बहादुर बिक सरकारी दस्तखत छाप किर्ते मुद्दामा ११ महिना ११ दिन कैद सजाय तोकिएको थियो ।  प्रहरीले विकलाई  कात्तिक  १ गते घरवाट पक्राउँ गरेको थियो । 

दुई महिनामा प्रहरीले  अदालतबाट कैद सजाय तोकिएका करिब दर्जन बढि फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।सर्वस्वसहित जन्म कैद फैसला भएको अपराधी दुई महिनाको अवधिमा पक्राउ गर्न प्रहरी सफल भएको रेकर्डमा देखिन्छ । गुलरिया–१२ का शंकर थारुलाई अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद  सजाय तोकेको थियो। लामोसमय फरार रहेका उनलाई पनि प्रहरीले पक्राउ गरी  कारागार पठाईसकेको छ। 

प्रहरीले  पक्राउ गरेकामध्ये अधिकांश खुलेआम घर बस्दै आएका  थिए भने कुनै भेष बदलेर अन्य काम गरिरहेको खुलेको छ । प्रहरीले  कात्तिक दोस्रो साता सम्म १५ जनालाई अदालतमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार गत भदौ देखि झण्डै दर्जन बढि कैद सजाय तोकिएर फरार भएकालाई प्रहरीले  पक्राउ गरिसकेको छ । 

यस्तै , बाँसगढी नगरपालिका वडा नं.३ बस्ने बर्ष ५२ को मदन खटिक भएको जिउ मास्ने बेच्ने मुद्दामा अभियोगलागेसँगै फरार थिए । जिल्ला अदालतको मिति २०६७।०२।०७ गतेको फैसला आदेशले ३ बर्ष कैद सजाय तोकिएका खटिकलाई ईलाका प्रहरी कर्यालय मोतिपुरको टोलीले बासगढी स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

बाँसगढी नगरपालिका वडानं.८ बस्ने बर्ष ३९ को पूर्णबहादुर खत्री भएको अंश मुद्दामा वारदात मितिबाट फरार थिए । उनलाई प्रहरीले पक्राउ गरी कारागार पठाईसकेको छ। 
सर्वस्वसहित जन्म कैदका फरार अपराधीलाई प्रहरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक बोधराज ओझाले वताए। ‘अदालतबाट कैद सजाय तोकिएकालाई पक्राउ गर्नु प्रहरीको पहिलो प्राथामिकता परेको काम हो ’उनले भने, ‘यसले जिल्ला शान्ती सुरक्षा खलल हुनवाट रोक्न मद्दत पुगेको छ ।’सुरक्षालाई प्रथामिकतामा राखेर सुरु गरेको अभियानले फरार अपराधी पक्राउ,लागु औषध,महिला हिंसा र जघन्य अपराध नियन्त्रण गर्न  प्रहरी सफल भएको निरीक्षका ओझाले दाबी गरे।

 

प्रकाशित: १९ कार्तिक २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App