coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

वनमाला समुदायलाई माला बेच्ने चटारो

तिहार सुरु भएसँगै भक्तपुर, चाँगुनारायण नगरपालिका–९, ताथलीमा बस्ने रिना वनमालालाई कामको चटारो छ । उनलाई फूल टिप्न, मखमली फूलका माला उन्न र बजारमा लगेर बेच्न भ्याइनभ्याइ छ।

उनले दुई रोपनी जग्गामा फूल खेती गरेकी छन्  । ‘पहिले जमिन भाडामा लिएर फूल खेती गथ्र्याै । तर, अहिले आफ्नै जमिनमा मात्रै लगाएका छौं,’ उनले भनिन् । उनको परिवारले साढे दुई रोपनीमा फूल खेती गरेको छ । आम्दानी त्यति नभए पनि काम गाह्रो नभएको उनले बताइन्।

अहिले उनी बिहान मखमली फूल टिप्छिन् भने दिउँसो माला उनेर बजारमा बिक्री गर्छिन् । यसपालि १५ सय माला उनिसकेको उनले बताइन् । फूल खेतीबाट पाँच महिनामा ८० हजार रूपैयाँसम्म आम्दानी हुने उनले सुनाइन् । फुर्सदको समय उपयोग गर्न यो पेशा गरेको उनले सुनाइन्।

चाँगुनारायण नगरपालिका–९, मा वनमाला समुदायका ६० परिवारले फूल खेती थालेका छन् । उनीहरूले आफूले उत्पादन गरेका फूलका माला उनेर बजारमा लगेर बेच्ने गरेका छन् । यो उनीहरूको पुख्र्याैली पेशा हो।  

उनीजस्तै फूल खेतीमा संलग्न छन्, ४५ वर्षीय इन्द्रबहादुर वनमाला । उनी सानै उमेरदेखि यही काम गर्दै आएको सुनाउँछन् । यो पेशामा लागेको २० वर्ष भइसकेको उनले बताए।

फूल खेतीबाट झण्डै ९० हजार आम्दानी हुने उनी सुनाउँछन् । उनका अनुसार एक रोपनी जमिनमा तीन हजारदेखि तीन हजार पाँच सय मालाका लागि फूल उत्पादन हुन्छ।

आफूले उत्पादन गरेका फूल बजारमा बेच्न थालेको उनले बताए। उनीहरूले प्रतिमाला ३५–५० रूपैयाँमा बेच्ने गरेका छन्।

फूल खेतीमा अहिले अरु समुदायका व्यक्ति पनि आकर्षित छन्।

उनका अनुसार जेठमा फूल रोप्ने र साउनदेखि टिप्ने गरिन्छ । त्यसपछि माला उन्न सुरु गर्ने उनी बताउँछन्।

चाँगुनारायण नगरपालिका–९, मा वनमाला समुदायका ६० परिवारले फूल खेती थालेका छन् । उनीहरूले आफूले उत्पादन गरेका फूलका माला उनेर बजारमा लगेर बेच्ने गरेका छन् । यो उनीहरूको पुख्र्याैली पेशा हो।

फूल खेती गर्दै आएका अर्का पात्र हुन्, पुण्यलाल वनमाला । उनले दुई रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेका छन् । यसबाट चार हजार मालाका लागि फूल उत्पादन हुने गरेको उनको अनुमान छ । ‘एक रोपनीबाट एक लाख रूपैयाँ आम्दानी गर्न सकिन्छ,’ उनले भने।

फूल किन्नका लागि काठमाडौं, कास्की (पोखरा)लगायत ठाउँबाट मानिसहरू आउने गरेको उनले बताइन्।

वनमालाले उनेको मखमली फूल भाइटिकामा भाइलाई लगाइदियो भने पुण्य लाग्ने र मन शुद्ध हुने मान्यता रहेको लक्ष्मीभक्त वनमाला बताउँछन्।

प्रकाशित: १९ कार्तिक २०७५ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App