८ वैशाख २०८१ शनिबार
अर्थ

बिएमडब्लुको बाइक बजारमा आउँदै

काठमाडौं – नेपाली मोटरसाइकल पारखीले अब छिट्टै विश्वविख्यात ब्रान्ड बिएमडब्लुका बाइक चढ्न पाउने भएका छन्। नेपालका लागि बिएमडब्लु बाइकको अधिकृत बिक्रेता टर्क मोटर ट्रेड्रिङले बिएमडब्लु मोटोर्राड ल्याउन लागेको हो। कम्पनीका अनुसार आगामी डिसेम्बरको सुरुतिरै बिएमडब्लु मोटोर्राड नेपाली सडकमा कुद्न थाल्नेछन्।

बिएमब्डलु मोटोर्राड विश्वविख्यात जर्मन कम्पनीको बिएमडब्लुको मोटरसाइकल ब्रान्ड हो।

सुरुआती चरणमा कम्पनीले जी१०जिएस र ३१० आर मोडलका ३१३ सिसीका बाइक ल्याउने जनाएको छ।

प्रिमियम बिल्ड क्वालिटी र कार्यक्षमतामा विश्वमै ख्याति कमाएका बिएमडब्लु मोटोर्राड सुपथ मूल्यमा उपलब्ध गराउने टर्क मोटर ट्रेडिङले जनाएको छ।

हवाईजहाजको इन्जिन निर्माताको रुपमा सुरु भएको बिएमडब्लुले सन् १९२३ मा पहिलोपटक आर३२ मोटरसाइकल उत्पादन गरेको थियो । फ्ल्याट–ट्विन बक्सर इन्जिन उक्त बाइकको मुख्य विशेषता हो । बिएमडब्लु मोटोर्राडले अहिले पनि बाइकमा फ्ल्याट–ट्विन बक्सर इन्जिन नै प्रयोग गर्छ र पनि अचेल विभिन्न इन्जिन कन्फिगरेसनका बाइकहरु यसले उत्पादन गर्दै आएको छ।

बिएमडब्लु मोटोर्राड मोटरसाइकलहरु जर्मनीको बर्लिनस्थित कम्पनीको प्लानटमै उत्पादन हुन्छन् । केही इन्जिनहरु अस्ट्रिया, चीन र ताइवानमा उत्पादन हुन्छन्।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App