coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले पराजित गरेको छ। 

आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले अल्भारो मोराटोको २ र पेड्रोको १ गोल मद्दतमा क्रिष्टललाई हराउँदै प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ। मोराटाले ३२ र ६५ औं मिनेटमा तथा पेड्रोले ७० औं मिनेटमा गोल गरेका थिए।

खेलको ५३ औं मिनेटमा क्रिष्टल प्यालेसका लागि टाउनसेन्डले १ गोल फर्काए। 

यो जितपछि चेल्सीको ११ खेलबाट २७ अंक पुगेको छ। साथै २७ अंक नै भएको लिभरपुललाई गोल अन्तरमा उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App