७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फ्रान्समा जनमत संग्रहः न्यू क्यालेडोनियालार्इ अलग्याउने प्रस्ताव अस्वीकृत

पेरिस- न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ। 

मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए। उक्त भूमि एक लाख ७५ हजार जनताको बसोबास रहेको फ्रान्सेली भूमि हो। उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाब रहेको थियो। 

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। 

म्याक्रोँले भने, जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ। यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ। यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। 

निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले भने, बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन् उनीहरूको नेता बन्न पाउँदा मलाई खुशी लागेको छ। यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको सङ्केत हो।

प्रकाशित: १८ कार्तिक २०७५ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App