६ वैशाख २०८१ बिहीबार
समाज

फरार अभियुक्त ५ वर्षपछि पक्राउ, ७ दिनको लागि जेल चलान

रुकुम– पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। कुटपिट मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएर फरार भएका शारदा नगरपालिका–४ का ३१ वर्षीय देवेन्द्र रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

रावतलाई २०७० साल बैशाख १५ गते अदालतले दोषी ठहर गर्दै ७ दिन कैद भुक्तानको लागि कारागार चलान गर्न निर्देश दिएको थियो। अदालतको आदेश पछि फरार रहेका उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

पक्राउ परेका रावतलाई जिल्ला अदालतमा हाजिर गराएर कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले बताए। उनी अब ७ दिनसम्म कारागारमा कैद भुक्तान गरेर निस्कने प्रहरीको भनाई छ।

प्रकाशित: १८ कार्तिक २०७५ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App