८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकमा एक सपिङ सेन्टरमा गोली चल्दा ४ जनाको मृत्यु

वासिङटन–अमेरिकाको एक सपिङ सेन्टरमा गोली चल्दा ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
वासिङटन राज्यको बुलिङटनमा रहेको एक सपिङ सेन्टरमा अज्ञात व्यक्तिले गोली चलाउँदा ४ जनाको मृत्यु भएको बताइएको छ ।

वासिङटन राज्यका प्रवक्ता मार्क फ्रेन्चाइजले ट्विट गर्दै हमला कसले र किन गर्यो भन्ने बारे अनुसनधान भइरहेको बताएका छन्। उनले ट्विटमा भनेका छन्, ‘ बुलिङटनमा रहेको एक सपिङ सेन्टरमा अज्ञात समूहले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ तर घटनामा कति जना घाइते भएको भन्ने तथ्य आएको छैन।’

उनले हाल सपिङ सेन्टर भित्र रहेकाको उद्धार कार्य जारी रहेको बताउँदै गोली प्रहार गर्ने समूहको खोजी भैररहेको बताएका छन्।

 

प्रकाशित: ८ आश्विन २०७३ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App