coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तिहारको अवसरमा साहिलको ‘रक्सीको तालैमा’

काठमाडौं- तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्।

गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ। ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन्।

गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको गज्जब नृत्य देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको हो। यो डान्स समुह के–पप वर्ल्ड फेस्टिभलको विजेता समेत हो।

‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेको छ। पपगायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन्। ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मनपराउनुहुन्छ,’ उनले भने।

 

प्रकाशित: १८ कार्तिक २०७५ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App