coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिंहदरबारको पुनर्निर्माण १८ महिनाभित्र सकिने

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन्। उनले भने, ‘सिंहदरबार अब भत्काउनुपर्दैन्। प्रवलीकरण गर्ने हो। हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं। ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ। हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं। साह्रै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं।’

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मानन्धरले सिंहदबार ६३ प्रतिशत जस्तोको त्यस्तै रहेको जानकारी दिए। त्यस्तै उनले धरहरा पनि २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए। 

प्राधिकरणले पुनर्निर्माणको काममा ढिलाई नगरेको स्पष्ट पार्दै मानन्धरले थपे, ‘रानीपोखरीको पुनर्निर्माण पनि अब छिट्टै सुरु हुन्छ। खुरु–खुरु काम गर्न दिईएन्। विवादै विवाद सुल्झाउँदा केही समय लागेको हो। अब काम सुरु हुन्छ।’ 

काष्ठमण्डपको पनि पुनर्निर्माण पनि चाँडै सुरु हुने उनले बताए। मानन्धरले भने, ‘स्थानीय जनताको सहकार्यमा हामी छिट्टै घोषणा गर्छाैं। अब ढिलाई हुँदैन्।’ उनका अनुसार प्राधिकरणले अहिलेसम्म ५ हजार स्कुल बनाइसकेको छ। उनले भने, ‘अहिलेसम्म हामीले ४३ प्रतिशत निजी आवास बनाइसकेका छौं। जे भएको छ, त्यो भएको छ भनेर भनिदिनुपर्यो।’

प्राधिकरण गठन गर्नमै १० महिना समय लागेको र यो बीचमा सिईओहरु परिवर्तन भैरहेकोले काम भएन की भनेर देखिएपनि प्राधिकरण सुस्त नरहेको उनको दाबी छ। उनले २३० सरकारी भवनमध्ये अहिलेसम्म १६ वटा भवनको पुनर्निर्माण सम्पन्न भैसकेको जानकारी दिए। 

आगामी जुलाई १५ देखि २० सम्म ९० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भैसक्ने पनि उनले विश्वास दिलाए। आगामी २ वर्षभित्र सबै सरकारी भवनको पुनर्निर्माण भैसक्नेपनि मानन्धरले दाबी गरे। 

फरक प्रसंगमा उनले प्राधिकरणले नेपाल राष्ट्र बैंकको भवन निर्माणमा पप्पुको प्रस्ताव स्वीकृत भएको तर विवाद भएकोले आफूहरुले उक्त विषय सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालमा पठाएको स्पष्ट पारे। 

कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएशनका कार्यकारी सदस्य ई. होमनाथ पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिलेपनि निर्माणका कामहरु सुस्त गतिमा भएको गुनासो पोखे। यद्यपी उनले सरकार परिवर्तन र सिईओहरु परिवर्तनको बावजुदपनि पूर्ननिर्माणका कामहरु भैरहेको सुनाए। 

प्रकाशित: १८ कार्तिक २०७५ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App