मुम्बई– बलिउडमा शाहरुख खान र सलमान खानको सम्बन्ध पछिल्लो समय सुमधुर देखिएको छ। इभेन्टमा दुबै जना एक साथ उपस्थित हुनु, सँगै नाच्नु र फिल्ममा समेत एकसाथ देखिनुले सम्बन्ध सुमधुर रहेको प्रष्ट देखाएको छ। यसैक्रममा शाहरुखले भर्खरै सलमानलाई भाई भनेर सम्मानजनक सम्बोधन गरेका छन्।
शाहरुखले आफ्नो जन्मदिनको अवसरमा ट्वीटरमा आफ्ना फ्यानलाई सवाल जवाफ गर्ने अवसर दिएका थिए। जसमा सलमानका एक फ्यानले ‘तपाई सलमानलाई एक वाक्यमा सम्झिने प्रयास गर्नुस्’ भनेर सोधेका थिए। शाहरुखले भावुक हुँदै ट्वीटरमै यो प्रश्नको जवाफ दिएका छन्।
‘कसैका लागि भाईभन्दा ठूलो के हुनसक्छ?’ उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘मेरो पनि त्यस्तै हो। जसले पहिले नै आफ्ना आमाबुवा गुमाइसकेको होस्, मेरा लागि सलमान भाईलाई सम्झिने यो भन्दा राम्रो तरिका हुनसक्दैन्।’
जन्मदिनको अवसरमा शाहरुखको फिल्म ‘जिरो’को ट्रेलर समेत सार्वजनिक गरिएको छ। यो फिल्ममा सलमान पनि छोटो भूमिकामा देखिने छन्।
प्रकाशित: १८ कार्तिक २०७५ १४:३२ आइतबार