७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार निर्वाचन गर्ने पक्षमा छैन: उप्रेती

पर्वत–पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सरकार निर्वाचन गर्नेपक्षमा नरहेको बताएका छन्। १५ महिनामा तीन वटा निर्वाचन सम्पन्न नहुने लक्षणले प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनले औंल्याए।
शनिबार यहाँ आयोजित कार्यक्रममा उप्रेतीले तत्काल स्थानीय तह टुंग्याएर कानुन तयार नपार्ने हो भने तोकिएको १५ महिनामा तीन वटा निर्वाचन सम्पन्न नहुने बताए ।

‘सरकारको ढिलासुस्ती देख्दा तोकिएको समयावधिभित्र निर्वाचन सम्पन्न हुने देखिन्न’, उनले भने, ‘तीन वटा निर्वाचनकालागि समय अत्यन्त छोटो भएकोले निर्वाचन आयोगलाई सरकारले तत्काल बाधा फुकाइदिनुपर्छ।’ उनले आफूले गराएको संविधानसभाको निर्वाचनबाट चुनिएका प्रतिनिधिले नयाँ संविधान जारी गरेको भन्दै तोकिएको समयमा तीन वटा निर्वाचन पूरा नभए सबै उपलब्धि गुम्ने खतरा रहेको बताए।

देशको स्वास्थ्य ठीक हुन निर्वाचन समय–समयमै हुनुपर्ने भन्दै उनले सरकारको गतिविधि देख्दा निर्वाचन गर्ने पक्षमै नरहेको पाइएको आरोप लगाए। ‘निर्वाचन आयोगलाई बाधा नफुकाउनु नै सरकार चुनाव गर्ने लाइनमा छैन भन्ने बुझाउछ’, उनले भने। उनले १८ बर्षसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्नु दुर्भाग्य भएको बताए। ‘यत्रो लामो समय निर्वाचन भएको छैन, अब ढिला गर्नै हुँदैन’, उनले भने ।

 

प्रकाशित: ८ आश्विन २०७३ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App