coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागूअाैषध सहित २ पक्राउ

महाेत्तरी - प्रहरीले बर्दिबास नगरपालिका स्थित गौरीडाँडा ३ बाट लागूअाैषधसहित २ जनालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने ३६ वर्षीय मोहमद अताबुल र सोही ठाउँ बस्ने  ३३ वर्षीय महमद ईलियात रहेका छन्। उनीहरुलार्इ नियन्त्रित लागूऔषध डाईजेल्याब, फेनारगन, स्पाज्मो प्रोसिभोन र नुर्फीन समेत गरी १ हजार ८ सय एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख. ८४६८ नम्बरको माईक्रोबस जाँच गर्दा अताबुल र ईलियातलाई उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित: १८ कार्तिक २०७५ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App