coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्वसाधरण थुनिन्छन्, अपराधी छुट्छन्

जुम्लामा आयोजित नागरिक सुनुवाइमा दुखेसा पोख्दै स्थानीय। तस्बिरः नागरिक

जुम्ला – चन्दननाथ नगरपालिका–५ का पुर्णसिंह कठायत जुम्ला प्रहरीको कामप्रति सन्तुष्ट छैनन्। उनी प्रहरीको काम मात्र होइन शैलीप्रति पनि रुष्ट छन्। ‘प्रहरी जनताका लागि नभै ठुलाबडाका लागि मात्रै हो की झै लाग्न थालेकोछ’, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी महेशविक्रिम शाह निरिक्षणका क्रममा जुम्ला पुगेको बेला आयोजित नागरिक सुनुवाईका कार्यक्रममा उनले भने, ‘जुम्लाको प्रहरी आफ्नो पोशाक, जिम्मेवारी र मार्ग केहो? भन्ने विषयमा जानकार देखिदैन, यहाँको सुरक्षा निकाय साधुलाई सुली र चोरलाई चौतारो बनाइदिने माध्यम बन्यो। जसका कारण सर्वसाधरणलाई सास्ती, पहुँचवालालाई मस्ती भइरहेको छ।’

प्रहरी जिम्मेवार नबन्दा दिनानुदिन असुरक्षा बढ्दै गइरहेको उनले बताए।  ‘मानिसको ब्यवहारलाई छुटाउने कसी प्रहरी नै हो, उसले हिडाई र बोलाई मार्फत अपराधी हो या होइन पत्ता लगाउनु पर्छ’, उनले भने, ‘यहाँ सर्वसाधारणलाई थुन्ने र अपराधीलाई छुटाउने गरिन्छ्, यो नेपाल प्रहरीको धर्म होइन्।

नागरिक समाजका गौरीनन्द आचार्य अहिलेको प्रहरी प्रशासन भन्दा संकटकालमा सर्वसाधारण र प्रहरीबीचको सम्बन्ध सुमधुर रहेको बताउँछन्। ‘राजाको शासनकालमा महिनाको एक पटक प्रहरी, सेना र जनताबीच प्रत्यक्ष भेटघाट तथा विचार आदान प्रदान हुन्थ्यो, तर अहिले प्रहरी ठुलावडाको मात्रै बन्यो, सर्वसाधारणमैत्री बन्न सकेन।’ संकटकालको घाउ विर्षाउनको लागि प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा, सत्य सेवा सुरक्षणम जस्ता अत्यन्तै जनमैत्री नारा बनाइएपनि यो नाराले संकटकालको घाउ पुर्न सकेन, झन बल्झाउन थाल्यो, यो नेपाल प्रहरीको लागि पनि राम्रो पक्ष होइन, उनले भने।’  

आचार्यले सर्वसाधारण भन्दा प्रहरी मादक पदार्थ सेवन गरेको भेटिने गरेको बताए। कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको मूर्ति चोरी, अस्पतालमा आगजनी, नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य राधाकृष्ण बुढ्थापा र यातायात व्यवसायी लक्ष्मी चन्द्र उपाध्यायको हत्यामा सलग्न अपराधीलाई पक्राउ गर्न नसक्नुले जुम्ला प्रहरी कम्जोर रहेको देखाएको आचार्यले बताए।

चन्दननाथ नगरपालिका महतगाउँका जयवहादुर महत पेशाले शिक्षक हुन्। तर उनी पनि प्रहरीको कामकार्वाही प्रति विश्वस्त छैनन्। ‘जुम्लामा प्रहरी प्रतिको विश्वास गिर्दो छ। नागरिक प्रहरी सम्वन्ध भत्किसकेको छ’, उनले भने, ‘प्रहरीको सम्बन्ध ठुलाबडा र हुने खानेसँग मात्रै हुन थाल्यो।’ प्रहरीले घटनाका विषयमा बुझ्दै नबुझि नेताको दबाव र प्रभावमा काम गर्ने गरेको स्थानीयको आरोप छ। प्रहरीले सर्वसाधारणबाट सहयोग लिएर अपराधीलाई कार्वाहीको दायरामा ल्याउने तरिका अपनाउन जरुरी रहेको स्थानीय बताउँछन्।

कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाह पहिलो पटक कर्णालीका दुर्गम जिल्लामा निरिक्षणमा निस्केका हुन्।  निरिक्षणका क्रममा जुम्ला पुगेको बेला उनले स्थानीयले गरेको प्रहरी प्रतिको आशा र प्रहरीले गरेको क्रियाकलापका कारण बढेको निराशा मेटाउन अग्रसर हुने बताएका छन्।  

‘देशको शान्ति सुरक्षालाई सवल गर्नु, हरेक समस्यालाई सम्बोधन गर्नु, नागरिकलाई सुरक्षाको प्रत्याभुति दिनु प्रहरीको प्रमुख जिम्मेवारी हो’, उनले भने, ‘प्रहरीलाई खबरदारीका माध्यमबाट जवाफदेही र पारदर्शी बनाउनु नागरिकको पनि कर्तव्य हो।’

प्रकाशित: १८ कार्तिक २०७५ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App