७ वैशाख २०८१ शुक्रबार
खेल

ला लिगाः बार्सिलोनाको कठिन जितमा स्वारेज नायक

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई उसकै मैदानमा ३–२ गोलअन्तरले पराजित गर्यो।

११ औं मिनेटमा लुइस स्वारेजको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। ३५ औं मिनेटमा भालेकानोका जोसे पोजोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। पहिलो हाफमा बराबरी खेलेको भालेकानाले ५७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पछि पार्यो। ८७ औं मिनेटमा डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले पुन खेललाई बराबरीको अवस्थामा ल्यायो।

९० औं मिनेटमा पुन स्वारेजले गोल गरेपछि बार्सिलोनाले ३–२ को संघर्षपूर्ण जित निकाल्यो। जितपछि बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ। पराजित भालेकानो ११ खेलबाट ६ अंकसहित तालिकाको १९ औं स्थानमा छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App