coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुम्लामा हिमपात

फाइल फोटो

हुम्ला – हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात सुरु भएको छ। गएका वर्षहरूमा पुस महीनाबाट हिमपात सुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ।

आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो। हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ। शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो।

यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन्। कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए। आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ। रासस

प्रकाशित: १८ कार्तिक २०७५ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App