७ वैशाख २०८१ शुक्रबार
खेल

बर्नमाउथविरुद्ध युनाइटेडलाई सफलता

लन्डन – म्यानचेस्टर युनाइटेडलाई नतिजा सुम्पिएसँगै बर्नमाउथको घरेलु मैदान डेन कोर्टमा आठ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इङ्लिस प्रिमियर लिगअन्तर्गत  शनिबार भएको खेलमा युनाइटेडले बर्नमाउथलाई २–१ ले पराजित गरेको हो।

११औं मिनेटमा कालुम विल्सनले गरेको गोलमा बर्नमाउथले अग्रता लिएको थियो । विल्सनले जुनियर स्टानिस्लासको पासलाई पोस्टको दिशा दिएका थिए । मध्यान्तर हुन ५ मिनेट बाँकी हुँदा एन्थोनी मार्सियालले एलेक्सिस सान्चेजको पासमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए।

इन्जुरी समयको तेस्रो मिनेटमा मार्कुस रसफोर्डले गरेको गोलमा जोजे माउरिन्होको टोलीले ३ अंक पक्का गरेको थियो । यस नतिजापछि ११ खेलमा २० अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लएको छ भने समान खेलमा समान अंक जोडेको बर्नमाउथ राम्रो गोलअन्तरमा छैटाैं स्थानमा यथावत् छ।

प्रकाशित: १८ कार्तिक २०७५ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App