८ वैशाख २०८१ शनिबार
अर्थ

नयाँ बानेश्वरमा एनसेल सेन्टर

काठमाडौं – एनसेलले ग्राहक सेवालाई थप सहज र परिष्कृत बनाउन नयाँ बानेश्वरमा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

बिहीबार औपचारिक रुपमा उद्घाटन गरी सञ्चालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ।

‘नयाँ बानेश्वरको यो नयाँ सेन्टर ग्राहकमैत्री डिजाइनमा छ, जसले एनसेल ग्राहक केन्द्रित कम्पनी हो भन्ने तथ्यलाई प्रतिबिम्बित गर्दछ। यसको सञ्चालन हाम्रो लागि नयाँ यात्राको सुरुवात पनि हो, जस अन्तर्गत हामी आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्न आउँदा दिनमा थप यस्ता सेन्टर सञ्चालनमा ल्याउने छौं,’ बिहीबार नयाँ सेन्टरको उद्घाटन गर्दै एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङले भने।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले नयाँ बानेश्वर सेन्टरमा आएका पाँचजना ग्राहकलाई उपहार प्रदान गर्दै सम्मान पनि गरेको थियो।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन्।

त्यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र बिज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल भुक्तानी, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्ने लगायत सबै सेवा प्राप्त गर्न सक्छन्।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App